
काठमाडौं,२९ पुस । डाक्टर गोविन्द केसीको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुने भएको छ ।
गएको बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको प्रतिवेदन आज बस्ने प्रतिनिधिसभाको बैठकमा पेश हुने भएको हो । मध्यान्ह १२ बजे बस्ने बैठकमा पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आफूसंगको सहमति विपरितका प्रावधान राखेर चिकित्सा शिक्षा विधेयक तयार पारिएको भन्दै डाक्टर गोविन्द केसीले १६ औं अनसन बसिरहे पनि सरकारले विधेयक अघि बढाउने भएको हो ।
यता, स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै आन्दोलनरत डा. गोविन्द केसीकोे आज पा“चौ दिन पनि सत्याग्रह जारीे छ । पुस २५ गतेदेखि सत्याग्रहमा बस्नुभएका केसीको स्वास्थ्यमा भने समस्या दिनप्रति दिन बढ्दै गएको छ । केसीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार नै भुइ“बाट बेडमा सारिएको छ ।
स्वास्थ्यमा तत्काल गम्भीर समस्या नभएपनि विग्रदो अवस्था रहेकाले सावधानी अपनाउन सुझाव दिएको सहयोगी चिकित्सक डा.रामकृष्ण आचार्यले जानकारी दिनुभएको छ ।
१५ औं सत्याग्रहपछि सरकारसंग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै उहाले इलाममा पुनः १६ औं सत्याग्रह थाल्नु भएको हो । पा“चौ दिनसम्म सत्याग्रह जारिरह“दा केसीको मुद्दामा सर्मथन जनाउनेको संख्या पनि थपिदै गएको छ ।
तर ,सरकारी पक्षवाट भने आजसम्म बार्ता र सम्वादको कुनै पनि पहल नभएको सहयोगीले जनाएका छन् । नेपाल चिकित्सक संघले डाक्टर केसीसंग भएका सहमति कार्यान्वयन गरेर उहाको जीवनरक्षा गर्न माग गरेको छ ।



















प्रतिक्रिया दिनुहोस्