
काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज पनि बसेको छ ।
बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बिहान आठ बजेदेखि शुरु भएको हो । आज प्रतिवेदनमाथिको छलफल सकिनेछ ।
वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालले पनि बोल्नेछन् । चार नेता स्थायी समिति बैठकमा छैनन ।
प्रदीप ज्ञवाली, जर्नादन शर्मा, देवेन्द्र पौडेल स्थायी समितिको बैठकमा छैनन । एक सातादेखि जारी नेकपाको स्थायी समिति बैठकमा सरकार ‘दलाल पुँजीपति’ ले चलाएजस्तो देखिएको भन्दै नेतृत्वमाथि प्रश्न उठेको छ ।
सरकार र पार्टी नेतृत्वको व्यापक आलोचना भइरहेको बैठकमा शुक्रबार नेता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट सरकारले भ्रष्टाचार रोक्नुपर्नेमा उल्टै दलाल पुँजीपतिले प्रयोग गरेजस्तो देखिएको आरोप लगाएका छन ।



















प्रतिक्रिया दिनुहोस्