ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजगढ विमानस्थल समयमै सम्पन्न गर्न निर्देशन


admin

काठमाडौं,४ पुस । सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।

समितिले सो विमानस्थलबारे गरेको विस्तृत अध्ययन, अवलोकन तथा सरोकारवाला पक्षसँगको छलफलपश्चात् विमानस्थल निर्माणको क्रममा आउनसक्ने समस्या सम्बन्धमा सचेत गराउँदै कुनै पनि बाहनामा विमानस्थल निर्माण कार्यलाई गत्यावरोध हुन नदिई निर्धारित समयभित्र निर्माण गरिसक्नुपर्छ भन्ने निष्कर्ष निकालेको हो ।

समितिको आजको बैठकमा समिति सभापति दिलकुमार रावल थापाले विमानस्थलको लागि सिमाङ्कन गरिएको क्षेत्रमा टाँगिया बस्ती, काठगाउँ बस्तीका बासिन्दा विमानस्थल निर्माणलाई सहयोग गर्ने उद्देश्यले तत्कालै स्थानान्तरण हुन तयार रहेको पाइएको जानकारी दिनुभयो ।

समितिले आयोजनाको डिपिआर तयार गरी चालु आर्थिक वर्षभित्र स्वीकृत गरिसक्न आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । ‘

विमानस्थलको मुख्य धावनमार्गको रुपमा रहने टाँगिया बस्तीको रुथानान्तरणको लागि तत्काल उपयुक्त स्थानको टुङ्गो लगाउन, ती बस्तीका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गरी बस्ती व्यवस्थापनको कार्य अगाडि बढाउन आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने’ समितिको निष्कर्ष सुझाव तथा निर्देशनमा भनिएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ बारा देशको पर्यटन पवद्र्धन र आर्थिक विकासका लागि मात्र नभई अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको पहिचान एवं गौरव बढाउन समेत महत्वपूर्ण योगदान गर्ने आयोजना हो ।

समितिले आयोजना स्थलभित्रका बस्ती स्थानान्तरण गरेपश्चात् विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक स्थानका रुख मात्र कटान गरी विमानस्थल निर्माण कार्य अविलम्ब अगाडि बढ्न र रुख काटिएवापत रोपिने नयाँ बिरुवाको सम्बन्धमा समेत योजना पेश गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिकी सभापति थापाले भन्नुभयो, “विमानस्थल निर्माण भए पश्चात् सिर्जना हुने रोजगारीका अवसरमा आयोजनाबाट विस्थापित हुने व्यक्ति र स्थानीय बासिन्दालाई विशेष प्राथमिकता दिने व्यवस्था गर्न निर्देशन गरिएको छ ।”

विमानस्थल निर्माणमा स्थानीय सरोकारवाला सबै एकमत भएको र आयोजना एथाशीघ्र सम्पन्न होस् भन्ने चाहेको समितिको प्रतिवेदनमा जनाइएको छ ।

विमानस्थल निर्माण पश्चात तल्लोतटीय क्षेत्रमा सिँचाइ तथा जरुवा व्यवस्थापनमा उत्पन्न हुनसक्ने समस्याको आंकलन गरी सिँचाइको वैकल्पिक स्रोतको व्यवस्था गर्न र आयोजनाको निर्माणको क्रममा चुरे क्षेत्रको संरक्षणमा समेत सजग रहन समितिले निर्देशन दिएको छ ।

समितिले स्थलगत अनुगमनका क्रममा आयोजनाको क्षेत्रको जङ्गलमा पोथ्रा, बुट्यान र साना तथा कम उमेरका रुखको सङ्ख्या अत्याधिक देखिएको र अन्य रुखलाई विमानस्थल नजिकै खालिरहेका सार्वजनिक जग्गामा वृक्षरोपण गरेमा चार÷पाँच वर्षभित्रमा पुनः हरियाली बढाउन सकिने देखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com