ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारी बिक्री केन्द्र नहुँदा किसानलाई समस्या


admin
मंसिर १५, २०७५ शनिबार  ५ : ०२ बजे

तुलसीपुर, १५ मङ्सिर ।  तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा तरकारी बिक्री केन्द्र नहुँदा किसानलाई समस्या भएको छ । किसानले उत्पादन गरेको तरकारी घर घरमा पुगेर बिक्री गर्नुपर्ने बाध्यता छ ।

उपमहानगरपालिकाका १९ वडाका अधिकांश किसान कृषि पेशामा आबद्ध छन् । पछिल्लो समयमा धेरै किसानले व्यावसायिक रुपमा कृषि पेशा अपनाएका छन् ।

उनीहरुले उत्पादन गरेको तरकारी भने बिक्री गर्न धौधौ हुने गरेको छ । “सडकमा बसेर तरकारी बिक्री गर्नुपर्ने बाध्यता छ,” स्थानीय किसान छोटीराम चौधरीले भन्नुभयो, “सडकमा बसेर तरकारी बिक्री गर्दा दुर्घटनाको जोखिम रहन्छ ।”

तरकारी बिक्री गर्नका लागि घरघरमा पु¥याउँदा उचित मूल्य नपाएको तुलसीपुर–११ का जागेश्वर भण्डारीको गुनासो छ । उहाँले सम्बन्धित निकायले समस्या समाधान गर्न पहल गर्नुपर्ने बताउनुभयो । “तरकारी बिक्री गर्नका लागि निश्चत स्थान छैन, कहिले कुनै व्यक्तिको घरमा त कहिले सडकमा बसेर तरकारी बिक्री गर्नुपर्छ,” उहाँले भन्नुभयो । किसान भाडा तिरेर अरुको पसल अगाडि तरकारी बिक्री गर्दै आएका छन् ।

मानपुरकी धनमति चौधरी बिक्री केन्द्र नहँुदा तरकारी बारीमै थन्किने गरेको बताउनुहुन्छ । उहाँले तरकारी बिक्री केन्द्र स्थापनाका लागि स्थानीय तहसँग माग गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले किसानको माग उचित भएको बताउनुभयो । “तरकारी बिक्री केन्द्र निर्माणका लागि पहल भइरहेको छ,” उहाँले भन्नुभयो । तुलसीपुरको सेन्टर माविको जग्गा भाडामा लिएर तरकारी बिक्री केन्द्र निर्माण गर्ने योजना रहेको पाण्डेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी बस्तीमा ‘बालेन मोडल’को डोजर: ३५ सय परिवारको उठिवास, २४ घण्टे उर्दीमा राज्यको निर्मम प्रहार !

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

सम्बन्धित

गाडीको साँचो, लाइसेन्स वा ब्लुबुक नखोस्न ट्राफिक प्रहरीका नाममा निर्देशनात्मक आदेश

ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौँमा, प्रधानमन्त्री शाहले नभेट्ने

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी र सार्वजनिक खरिद अध्यादेश जारी

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

सुकुम्बासी संघ आन्दोलनमा, राजमार्गमा चक्काजाम र आमहड्तालको घोषणा

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com