ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री गुरुङद्वारा अन्नपूर्ण आधार शिविरको अवलोकन


admin
मंसिर १४, २०७५ शुक्रबार  १ : ०६ बजे

पोखरा, १४ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकन गर्नुभएको छ ।

हिमाल आरोहणको इतिहासमा सबै भन्दा जेठो हिमालका रुपमा चिनिएको अन्नपूर्ण प्रथमको फेदीमा अवस्थित आधार शिविर र त्यहाँका वातावरणीय पक्ष, पर्यटकको आगमन लगायतका विषयमा बुझ्न मुख्य मन्त्री गुरुङ सो स्थानमा पुग्नुभएको हो ।

अवलोकन पश्चात उहाँले पर्याप्त पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको प्रवद्र्धन एवं विकासलाई सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो । वातावरणीय संरक्षणका साथै यहाँका आवश्यकतालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध भएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री गुरुङलाई अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले त्यहाँको वातावरणीय संरक्षण, गाउँपालिकाले गरिरहेका प्रयासका बारेमा जानकारी गराउनुभयो ।
कुँवरले हिम चट्टानको संरक्षण, पदमार्गको संरक्षण र विकास, वातावरण संरक्षण लगायतका विषयमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउनुभयो ।

अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले अन्नपूर्ण पदमार्ग क्षेत्र, अन्नपूर्ण आधार शिविरको प्रचारप्रसार र यसको महत्वलाई उजागर गराउन वार्षिक कार्यक्रमका साथ महोत्सव सम्पन्न गरिएको बताउनुभयो ।

उक्त अवसरमा अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव आयोजक समितिको पहलमा आधार शिविरस्थलमा राखिएको प्रथम हिमाल आरोही मौरिस हर्जोगको सालिक सम्बन्धमा पनि जानकारी गराइयो ।

छोम्रोङ पर्यटन व्यवसायी समितिका उपाध्यक्ष जगनबहादुर गुरुङले आधारशिविरमा विद्युतको केन्द्रीय प्रशारणलाइन जोड्नुपर्नेमा जोड दिनुभयो । केन्द्रीय लाइन जडानका साथै सौर्य ऊर्जा र हावाबाट बिजुली निकाल्न सके यहाँ आउने पर्यटकलाई राम्रो सेवा सुविधा दिन सकिने उहाँले बताउनुभयो ।

सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मौरिस हर्जोेगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेसँगै अन्नपूर्ण आधार शिविर विश्वव्यापी चासो र चर्चाको विषय बनेको छ । अन्नपूर्ण हिमाल आरोहण गर्न आएको टोलीको चहलपहलसँगै त्यसै बेलादेखि पोखराको पर्यटकीय विकासको यात्रा शुरु भएको मानिन्छ ।

अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com