
पाल्पा,१३ मङसिर । पाल्पा जिल्लाका निजामती तथा संस्थानका कर्मचारीहरुले विहान १० बजे देखी बेलुका ५ बजे कार्यालय समयमा फेसबुक, टुईटर, तथा विभिन्न सामाजिक सञ्जाल चलाएमा कारवाहीमा पर्ने भएका छन ।
सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुले फेसबुक तथा टुईटर चलाएर बस्दा समयमा सरकारी कामकाज नभएको गुनासो आएपछि पाल्पाका सरकारी कर्मचारीहरु लाई कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जिल्लाका सरकारी तथा संस्थानका कार्यालय प्रमुख तथा सूचना अधिकारीहरु लाई कार्यालय समयमा फेसबुक नचलाउन निर्देशन दिएका छन । कार्यालय समयमा फेसबुक चलाएमा कारवाही गर्ने प्रजिअ खनालले बताए ।
सरकारले जनताको काम छिटो छरितो गर्न , कार्यालयका गतिविधी ईन्टरनेट मार्फत जनता लाई जानकारी गराउन, कार्यालयका वेभसाईटहरु नियमित रुपमा चुस्त दुस्त अपडेट गर्न लाखौ रुपैया खर्च गरेकोमा सदूपयोग भन्दा पनि दुरुपयोग बढेको गुनासो आएपछि प्रजिअ खनाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएका हुन ।
जिल्लाका सवै कार्यालयहरुले लाखौ रुपैया खर्च गरी ईन्टरनेट जडान गरेका छन, वेभसाईट निर्माण गरेका छन तर ९० प्रतिशत सरकारी कार्यालयहरुका वेभसाईट निर्माणको समयदेखी अपडेट भएका छैनन ।
मासिक रुपमा हजारौ रुपैया इन्टरनेटको शुल्क वुझाउदै आएका सरकारी कार्यालयको वेभसाईट समेत अपडेट नभएपछी जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरु लाई फेसवुक चलाउन प्रतिवन्ध लगाएको हो ।
९० प्रतिशत भन्दा कर्मचारी कार्यालय समयभरी फेसवुक अनलाईन देखिने गरेका छन । फेसवुकको कारण सरकारी कामकाजमा ढिला-सुस्तीको गुनासो सर्वसाधरणबाट आएपछी प्रजिअ खनालले यो कदम चालेका हुन ।
जिल्लाका सरकारी कार्यालय प्रमुख तथा सूचना अधिकारीहरु लाई ३ दिन भित्र चौमासिक प्रगति विवरण पेश गर्न प्रजिअ खनालले निर्देशन दिएका छन ।
अहिले ३ वटा कार्यालयको मात्र चौमासिक प्रगति विवरण आएको, अन्य कार्यालयहरु बाट चौमासिक प्रगती विवरण नआएकोले, ३ दिन भित्र पेश गर्न प्रजिअ खनालले निर्देशन दिए । ३ दिन भित्र प्रगती विवरण पेश नभए स्प्रष्टीकरण सहित जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन कार्यालय प्रमुखहरु लाई आग्रह गरे ।
जिल्लामा विकास निर्माणका कामहरुमा ढिला-सुस्ती भएको, सडक पुल, विभिन्न किसिमका भवनहरु समय नबनेको, ठेकेदारले समयमा काम नगरेको गुनासो बढेकोले कालीगण्डकी करिडोर डिभिजन पुल, डिभिजन सडक, भवन डिभिजन तथा खानेपानी कार्यालय मार्फत भएका कामकारवाही चुस्तदुस्त बनाउन कार्यालय प्रमुखलाई आग्रह गरेका छन ।
समयमा काम नगर्ने निर्माण व्यवसायीहरुको विवरण बुझाउन पनी प्रजिअ खनालले कार्यालय प्रमुखहरु लाई आग्रह गरेका छन ।



















प्रतिक्रिया दिनुहोस्