काठमाडौँ, १३ कार्तिक । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल आज स्वदेश फर्किएका छन् ।
साताव्यापी चीन भ्रमण पूरा गरि मंगलबार दिउँसो स्वदेश फर्किएका पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।
रक्षामन्त्री पोखरेल प्रधानमन्त्री ओलीलाई भेट्न त्रिवी शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिस सेन्टर पुगेका उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए । अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीलाई सोमबार अस्पताल भर्ना गरेर उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्