ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के हो डिम्बाशय अबुर्द ?


admin
भाद्र २८, २०७४ बुधबार  १ : ०५ बजे

काठमाडौँ, २८ भदौ । विभिन्न प्रकारका अर्बुदमध्ये डिम्बाशयको अर्बुद पनि महिलामा देखिने प्रमुख रोग भएको छ ।

वीर अस्पतालका अर्बुदरोग विशेषज्ञ सन्ध्या चापागार्इंका अनुसार विश्वको पाँचौँ र नेपालमा चौथो नंमा डिम्बाशयको अर्बुद पर्छ । डिम्बाशयको अर्बुद भएको पहिलो अवस्थामा सजिलै लक्षण नदेखिनसक्छ ।

क्यान्सर केयर नेपालका कार्यकारी सदस्य तथा क्यान्सर रोग विशेषज्ञ डा रश्मि पुनका अनुसार डिम्बाशय अर्बुद निश्चित कारणले नदेखिने र लक्षण त्यति वास्ता गरिहाल्नुपर्ने जस्तो नहुने हुन्छ ।
महिलामा पाठेघरको दुईतिर हुने सानो अण्डा आकारको अंगलाई अण्डाशय भनिन्छ जुन प्रजनन प्रणालीको एक महत्वपूर्ण अंग हो । डिम्बाशयको अर्बुदको कारण आजसम्म पत्ता नलागे पनि विभिन्न कारक तत्वले डिम्बाशयको क्यान्सर हुने चिकित्सक बताउँछन् ।

डा चापागाईंका अुनसार ४०÷५० वर्षका महिला, पहिले नै स्तन, पाठेघर, लामो आन्द्राको अर्बुद भएका बिरामी, परिवारमा अरु कसैलाई अर्बुद भएको छ भने शिशु नजन्माएका महिलामा डिम्बाशयको अर्बुद हुने उच्च सम्भावना रहन्छ ।
तल्लो पेट र कम्मर दुख्ने, विनाकारण पेट बढ्ने, पेट फुलेको जस्तो, अपच, वाकवाक लाग्नु, योनीबाट कहिलेकाहीँ रगत बग्ने, चाँडै थाक्नु, श्वासप्रश्वास, कहिलेकाहीँ पातलो दिसा र कब्जियत हुनेजस्ता लक्षण भएमा डिम्बाशयको अर्बुद हुन सक्छ ।

रेडियोलोजिकल जाँच, अल्ट्रासाउण्ड अफ एब्डोमेन, एमआरआई, सिटी स्क्यान र एक्सरे गरेर तथा रगत र मासुको जाँच गरेर अण्डाशय अर्बुद भएको हो होइन पत्ता लगाइन्छ ।

विश्वमा सेप्टेम्बर महिनाभर डिम्बाशयको अर्बुदबारे जनचेतनामूलक र अन्य कार्यक्रम गरिन्छ । विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा मीरा थापा उपाध्यायले भन्नुभयो,“अझै दक्ष जनशक्ति र जनचेतनामा कमी र उपचार प्रणालीमा पछाडि भएकाले पनि नेपाल अर्बुदको न्यूनीकरणमा पछि परेको हो ।” उहाँले अर्बुद गराउने कारक तत्वबारे सजग हुन सकेमा जोखिमको सम्भावना कम हुन सक्ने भएकाले यसबारे जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।

विश्वमा सेप्टेम्बर महिनाभर डिम्बाशयको अर्बुदबारे जनचेतनामूलक र अन्य कार्यक्रम गर्ने गरिन्छ । अहिले नेपालमा हुने करिब ७० प्रतिशत मृत्यु अर्बुद जस्ता नसर्ने रोगका कारण हुने गरेको विज्ञ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com