
काठमाडौँ, १३ कात्तिक । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहानै त्रिवि अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीमा सोमबार भन्दा मंगलबार बिहान स्वास्थ्यमा सुधार भएको देखिएको उनका निजी चिकित्सक डा दिव्या सिहं शाहले बताईन ।
प्रधानमन्त्री ओली आज अघिल्ला दिनको तुलनामा राम्रोसँग कुरा गर्न सक्ने भएको उपचारमा संलग्न चिकित्कसहरु बताए । प्रधानमन्त्री ओलीले सोमबार बेलुका र अहिले बिहान झोलिलो पदार्थ खाएको र स्वास्थ्य अवस्थाको पछिल्लो रिपोर्ट बिहान ९ बजेपछि आउने छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन उपचारमा संलग्न डाक्टरहरुले बिहान १० बजेपछि पत्रकार सम्मेलन गर्ने तयारी छ ।



















प्रतिक्रिया दिनुहोस्