काठमाडौं, १२ कात्तिक । पूर्व–पश्चिम राजमार्ग अन्तर्रगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर २ गोरुसिंगे जंगलमा बस र टिपर ठोकिंदा तीनजनाको मृत्यु भएको छ ।
दाङबाट बुटवल आउ“दै गरेको ना ६ ख २५०० नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको लु २ ख १४७७ नंम्बरको टिपर एक आपसमा ठोकिंदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी दाङ गढवाकी २५ वर्षीया पूजा सुनार, ४ वर्षीय सुशान्त सुनार र नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका एक पुरुषको मृत्यु भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
दुर्घटनामा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्