ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुलीगढी पुनर्निर्माण गुरुयोजना हस्तान्तरण


admin

काठमाडौं, ८ कात्तिक । विगतमा गैरआवासीय नेपाली संघ र कमलामाई नगरपालिकाबीच सिन्धुलीगढी जिर्णोद्वार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा भएको सहमति अनुसार तयार पारिएको गुरु योजना आज मिति २०७५ कार्तिक ७ तद् अनुसार २४ अक्टोवर २०१८ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले एक समारोहबीच कमलामाई नगरपालिकाका मेयर श्री खड्ग बहादुर खत्रीलाई हस्तान्तरण गर्नुभयो ।

गुरु योजना सबै सम्बन्धित पक्षसंग छलफल गरी तिनको सहभागितामा तयार पारिएको हो । गुरु योजनाको स्वामित्व स्थानीय सरकारले लिने सहमति भएको थियो । हाल जिर्ण अवस्थामा रहेको सिन्धुली गढीको ऐतिहासिक महत्व उजागर गर्ने गरी उक्त गढीका संरचनाहरु पुनर्स्थापना गर्ने उद्देश्यले गुरु योजना तयार पारिएको छ ।

गुरुयोजनामा सिन्धुली गढीको ऐतिहासिकता र मौलिकतालाई यथावत राख्ने गरी संरचनाहरु निर्माण गर्ने उल्लेख छ । गुरुयोजना तयार पार्ने क्रममा कमलामाई नगरपालिका र गैरआवासीय नेपाली संघबीच निरन्तर समन्वय भएको र गुरुयोजना निर्माण गर्नको लागि गैरआवासीय नेपाली संघले आवश्यक पर्ने परामर्शदाता चयन गरी यस कार्यमा लाग्ने खर्चको व्यवस्थापन गरेको छ । गुरुयोजना आर्की टाइप र कार्ड कन्स्ल्ट्याण्टको संयुक्त टोलीले तयार पारेको हो र यस टोलीको नेतृत्व आर्किटेक्ट डा. सञ्जय उप्रेतिले गर्नु भएको छ ।

कमलामाईका नगर प्रमुखले गुरुयोजना तयार पार्न सहयोग गरेकोमा गैरआवासीय नेपाल संघ प्रति हार्दिक आभार प्रकट गर्दै भविष्यमा कमलामाई नगरपालिका र गैरआवासीय नेपाली संघ वीच समन्वय र सहयोग भईरहनु पर्ने र गुरुयोजना कार्यान्वयनमा पनि मिलेर काम गर्नु पर्ने धारणा राख्नु भयो । यसरी नै सिन्धुली जिल्लाका सहभागी प्रतिनिधिहरुले सिन्धुगढीलाई नेपालको नमूना पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि सहयोग गर्न अपिल गर्नु भयो ।

संघका अध्यक्ष भवन भट्टले गुरुयोजना तयार गर्न सहयोग गर्न पाएकोमा कमलामाई नगरपालिकालाई हार्दिक धन्यवाद व्यक्त गर्दै सिन्धुली गढीलाई एक पर्यटकीय स्थलको रुपमा विकासका लागि सहयोग गर्न संघ सदैव तत्पर रहेको बताउनु भयो । उहाँले गुरुयोजना तयार पार्ने कार्य गर्न आर्किटाइप र कार्डकन्स्ल्ट्याण्ट र यस कामको नेतृत्व गर्ने संघका सचिव डिबि क्षेत्रीलाई धन्यवाद प्रकट गर्नु भयो । यस पछि सिन्धुलीगढी परियोजनामा आर्थिक सहयोग गर्ने महानुभावहरुलाई कमलामाई नगरपालिकाका मेयरले प्रशंसापत्र वितरण गर्नु भएको थियो ।

यसरी नै संघका सचिव तथा सिन्धुली गढी परियोजना कार्यदलका संयोजक डिबि क्षेत्रीले यस गुरुयोजना तयार गर्न आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्नु भयो ।

साथै कमलामाई नगरपालिका, सिन्धुली जिल्लाका जनप्रतिनिधिहरु, विभन्न राजनैतिक दलहरु, स्थानिय बासिन्दा, गुरुयोजना तयार पार्ने आर्की टाइप र कार्ड कन्स्ल्ट्याण्ट, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपालीहरु, र संचारकर्मीहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रमको अन्त्यमा संघका उपाध्यक्ष कूल आचार्यले गैरआवासीय नेपाली संघले नेपालको प्रबर्धनको लागि सहयोग गर्दै आएको बताउनु भयो । साथै उहाँले सिन्धुली गढीलाई नमूना पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि देखाईएको दुढ संकल्प तथा उत्साह प्रति कमलामाईका मेयरलाई आभार प्रकट गर्नु भयो । उहाँले सहभागी हुन आउनु भएका सिंधुली जिल्लाका प्रतिनिधिहरु, गैरआवासीय नेपाली संघका पदाधिकारी तथा सदस्यहरु, एनसिसिका प्रतिनिधिहरु र संचारकर्मीहरु सबैलाई धन्यवाद प्रकट गर्नुका साथै कार्यक्रम समाप्त भएको घोषणा गर्नु भयो ।

यस कार्यक्रममा कमलामाइ नगरपालिकाका मेयरका साथै सिन्धुली जिल्लाका प्रतिनिधिहरु, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय कूल आचार्य र सपीला राजभण्डारी, महासचिव डा. बद्रि केसी, सचिव डिबि क्षेत्री सल्लाहकार रामेश्वर शाह, महिला संयोजक रजनी प्रधान, युरोपका क्षेत्रीय उपसंयोजक गोविन्द प्रसाद गौंतम, आइसिसि सदस्य द्वय विनोद भट्टराइ र मनोज गोर्खाली, मानार्थ परिषाद सदस्य सुवास अधिकारी, सिन्धुलीगढी परियोजना कार्यदलका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिटरब्याज पीडितद्वारा मकवानपुर प्रशासनले ‘घर फर्कन’ गरेको आग्रह अस्वीकार

मकवानपुर, १० चैत । मिटरब्याजी शोषणविरुद्ध महोत्तरीको बर्दिबासदेखि काठमाडौँसम्मको ‘मार्च’ मा निस्केका पीडितलाई मकवानपुरबाटै फर्काउने सरकारी प्रयास असफल भएको छ । भीमफेदी बजार आइपुगेका उनीहरूले

‘कोसी’ नामाकरणविरूद्धको आन्दोलनमा घाइते पदमको उपचारको क्रममा मृत्यु

विराटनगर, १० चैत । कोसी प्रदेश नामाकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ’को उपचारको क्रममा मृत्यु भएको छ ।

लुम्बिनीमा एमालेलाई दिएको समर्थन फिर्ता लिने तयारीमा अन्य दल

काठमाडौँ, १० चैत । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)सहितका दलहरूले नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन् । माओवादी केन्द्र, नागरिक

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मिटरब्याज पीडितद्वारा मकवानपुर प्रशासनले ‘घर फर्कन’ गरेको आग्रह अस्वीकार

लिचेस्टाइनमाथि पोर्चुगलको सहज जित, रोनाल्डोले बनाए अर्को कीर्तिमान

अमेरिकी डलरको भाउ घट्दा युरो बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा

‘कोसी’ नामाकरणविरूद्धको आन्दोलनमा घाइते पदमको उपचारको क्रममा मृत्यु

लुम्बिनीमा एमालेलाई दिएको समर्थन फिर्ता लिने तयारीमा अन्य दल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...