ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई छाक भात खान पाए हाम्रा लागि त्यही ठूलो दशैँ- बारेकोट वडाध्यक्ष


admin
भाद्र २७, २०७४ मंगलबार   २ : ५७   बजे

जाजरकोट, २७ भदौ । जिल्लाको बारेकोट क्षेत्रमा दशैँमा समेत चामल अभाव हुने भएको छ ।

चामल ढुवानीको प्रक्रियागत झन्झटका कारण नेपाल खाद्य संस्थानको बारेकोटको नायकवाडास्थित घाट डिपोमा दशैँ अघि चामल पुग्ने अवस्था छैन । बारेकोट गाउँपालिका तोलखाना, धौलाकोट, रोकायगाँउ, मूल्यमा, जिरी, समाकोट, गोठगाउँलगायतका गाउँमा खाद्य संकट परेको छ ।

गाउँमा किनेर खान पनि अन्न छैन । गाउँमै उत्पादित अन्नले वर्ष दिनमा ६ महिना समेत खान पुग्दैन । बाँकी महिना खाद्य संस्थानकै चामलको भर पर्नुपर्छ । यातायात असुविधा र बाटोघाटो निकै अफ्ठ्यारो भएकाले निजी क्षेत्रका व्यापारीले बिक्रीको लागि चामल नलिँदा थप समस्या भएको हो ।

यतिबेला चामलको माग अत्यधिक छ । तर डिपो रित्तै छ । खाद्य संस्थानले चालु आर्थिक वर्ष २०७४÷७५ को चामल ढुवानीको लागि बोलपत्र आह्वान गरी सपना एण्ड सरोज कन्सट्रक्सन सेवा खलंगा– २ का नाममा ठेक्का स्वीकृत गरिसकेको जनाएको छ ।

तर १५ दिने सूचना जारी गरेर सल्लायर्सलाई ठेक्का सम्झौताको लागि संस्थानले बोलाएको छ । सप्लायर्सलाई १५ दिनभित्र ठेक्का सम्झौता गर्ने म्याद दिइएको छ । सो म्यादको अन्तिम मिती असोज ७ मा पुग्छ । असोज ५ गतेदेखि दशैँ शुरु भइहाल्छ । ठेक्का सम्झौता गर्ने बित्तिकै ठेकेदार कम्पनीले ढुवानी गर्नेमा आशंका छ ।

“हामीले दशैँ अघि बारेकोटमा चामल पु¥याउने कोसिस गरिरहेका छाँै,” खाद्य संस्थानको वितरण महाशाखाका विभागीय प्रमुख सुरेन्द्रराज विष्टले भन्नुभयो । सदरमुकाम खलंगामा गत वर्षको मौज्दात पाँच सय क्वीन्टल चामल डिपोमा पठाउन जिल्लालाई निर्देशन दिएको विष्टले बताउनुभयो ।

अहिलेसम्म ढुवानीको कुनै प्रक्रिया थालनी भएको छैन । खाद्य संस्थानका प्रमुख धर्मबहादुर बस्नेत जिल्ला बाहिर रहनुभएको छ । निमित्त प्रमुख रामप्रसाद पौडेल आफूलाई यसबारे जानकारी नभएको बताउनुहुन्छ ।

सप्लायर्सले आगामी असारभित्र एक हजार क्वीन्टल चामल सदरमुकामबाट गाउँका डिपोसम्म ढुवानी गर्ने जिम्मा लिएका छन् । प्रति क्वीन्टल चामल रु एक हजार ४७५ मा ढुवानी गर्ने गरी बिहीबार ठेक्का स्वीकृत भएको छ । बाटो बिग्रेकाले यतिबेला सदरमुकामबाटै घोडा खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता छ ।

तिहारपछि बाटो मर्मत भई आधा बाटोसम्म ट्याक्टर चल्ने भएकाले त्यतिखेर ठेकदारलाई ढुवानीमा सस्तो पर्ने हुन्छ । तत्काल ठेकदारले चामल ढुवानी गर्नेमा स्थानीयवासीले आशंका गरेका छन् । सदरमुकामबाट बारेकोटसम्म खच्चडमार्फत ढसवानी गर्दा प्रतिक्वीन्टल रु दुई हजार तिर्नुपर्छ । बारेकोट गाउँपालिका– ४ का वडाध्यक्ष सिर्जना बस्नेतले दशैँ अघि चामलको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

“दुई छाक भात खान पाए हाम्रा लागि त्यही ठूलो दशैँ हुने थियो’,उहाँले भन्नुभयो । उहाँले तत्काल चामल पठाउन सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group