काठमाडौं,७ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ ।
पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारबाही लगायत झण्डै दर्जन एजेण्डाबारे आज ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक बिहीबारका लागि सरेको हो ।
नेताहरुको व्यवस्ताले बैठक स्थगित गरिएको नेकपाले जनाएको छ । यद्यपि, प्रदेश पदाधिकारीहरुको बैठकले प्रदेश कमिटीमा रहनेसदस्यहरुको नाम दिन ढिला भएकाले बैठक सरेको स्रोतको दावी छ ।
बुधबार अधिकांश प्रदेश कमिटीका पदाधिकारीको बैठक बसेको छ । यसअघि सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोके पनि कमिटीले पूर्णता पाउन बाकी छ ।
कार्यदलको सिफारिसका आधारमा प्रदेश कमिटीहरुले पेश गरेका नामलाई सचिवालयमा पेश गरिनेछ । १२ र १३ कात्तिकमा नेकपाले स्थायी समिति बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्