ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा मञ्चन


एबीसी न्यूज

काठमाडौं, ७ कात्तिक ।  नेपाली संस्कार र संस्कृति बोकेको नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा मञ्चन गरिएको छ । दर्शकको उत्साहजनक उपस्थिति र बंगलादेशका विशिष्ट व्यक्तिमाझ मञ्चन गरिएको नाटक ‘नौगेडी’ ले भाषा नबुझ्नेको समेत मन जित्यो ।
उत्तरी क्षेत्र रङपुर अञ्चल, पन्चघर जिल्ला रोसनाबाग जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार सा“झ नाटक मञ्चन गरिएको बंगलादेशबाट ‘नोगेडी’ नाटक प्रदर्शनका मिडिया संयोजक एवं नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङले बताए । उनका अनुसार हलमा भरिभराउ दर्शकले हरेक दृश्यको अन्तिममा ताली बजाए ।
दर्शकबाट हौसिएका नेपाली कलाकारले झन् आफ्नो कला निखारे । नुवाकोटमा हरेक बर्ष मनाइने दुप्चेश्वर मेला र त्यस वरिपरिको जनजीवनलाई नाटकमा समावेश गरिएको छ । उक्त मेलामा गएमा सन्तान नभएकाको सन्तान प्राप्त हुने, प्रेमीहरुको प्रेम सफल हुने, अविवाहितले असल जीवनसाथी पाउने जनविश्वासका आधारमा पुरु लम्सालले नाटक लेखेका हुन् । उक्त नाटकलाई उनैले निर्देशन गरेका छन् । लम्सालका अनुसार नाटकमा मेलासंगै जातीय छुवाछुत र बेचिएका महिलाको कथा र व्यथालाई मुख्य रुपमा उतारिएको छ ।
आदिइत्यादि नाटक समूहको प्रस्तुतिमा मञ्चन गरिएको नाटक ‘नौगेडी’ मा जितेन्द्र सिंह ठकुरी, रीता थापा, जेबी डिसी, इन्द्रप्रसाद आचार्य, पवित्रा खड्का, डा. अशोक थापा, जयराम तिमल्सेना, अनन्तप्रकाश श्रेष्ठ, निर्मला खड्का क्षेत्री, विमला देवकोटा अधिकारी, भीष्मराज जोशी, केदार बोहोरा, मञ्जु गिरी लगायतले अभिनय गरेका थिए । आदिइत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा. अशोक थापाका अनुसार नाटकमा रहेका मुख्य विषयबस्तुसंगै लोपोन्मुख झा“क्री नृत्य, काठे गीतलाई दर्शकले मन पराए । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा नाटक विषयमा प्राध्यापनरत समेत रहेका डा. थापाका अनुसार नाटकको अनुसन्धान र शिक्षण गर्ने व्यक्तिले लेखनदेखि प्रदर्शनसम्मका सम्पूर्ण सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको जानकारी लिन आवश्यक छ ।
यसैको सिलसिलामा बंगलादेश आएको उनले बताए । अक्टोबर ९ देखि १६ तारिखसम्म संचालन भइरहेको पहिलो भूमिज अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१८ मा बंगलादेशका अलावा नेपाल र भारतका नाटक प्रदर्शन गरिएको आयोजक भूमिज थिएटरका अध्यक्ष सोरकार हैदरले बताए । उनका अनुसार महोत्सवको अवसरमा चित्रकला शिविर र प्रतियोगिता, नाट्य कार्यशाला, साहित्य सम्मेलनलगायत कार्यक्रम आयोजना गरिएको थियो । बंगलादेशका सांसद नाजमुल हक प्रधानले नेपाल गएको बेला नेपाली संस्कृति देखेको र बंगलादेशमै नेपाली संस्कृति देख्दा खुसी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com