काठमाडौं, ६ कात्तिक । स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ । यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागले जनाएको छ ।
मालिका इन्कर्पोरेटेड प्रालिले आजबाट सन् २०१८ को जनवरीदेखिपछि नया“ लाइसेन्स लिने वा नवीकरणको निवेदन दिने सेवाग्राहीको कार्ड छाप्न लागेको हो । स्मार्ट कार्डमा समावेश गरिने गत जनवरीदेखि यताको आवश्यक विवरण मालिकालाई दिइसकेको छ । ४५ दिनभित्र करिब ५ लाख कार्ड प्रिन्ट गरेर दिनुपर्ने छ ।
यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसक्दा ‘ट्रायल’ पास गरेकाहरूले समेत रसिदको भरमा गाडी चलाउँदै आएका छन् ।
विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायका अनुसार सन् २०१८ जनवरीपछि नयाँ लाइसेन्स लिने वा नवीकरणका लागि निवेदन दिने चालकको कार्ड छाप्न सुरु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्