काठमाडौं,५ असोज । सशस्त्र प्रहरीबलमा एसएसपीबाट डीआईजीमा बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी बलको रिक्त पाँच पदकालागि डीआइजी बढुवा प्रक्रिया सुरु भएको हो ।
बढुवा प्रक्रियामा सशस्त्र प्रहरीका एसएसपीहरु प्रजाभक्त श्रेष्ठ,रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणय दत्त पौडेल,गोविन्द क्षेत्री,चन्द्र प्रकाश गौत, हरिशंकर बुढाथोकी,कृष्णभक्त ह्मचार्य,राजेन्द्र बस्नेत,हरिश्चन्द्र अधिकारी,किशोर प्रधान वेचन यादव र बंशीराज दाहाल डीआइजीको बढुवा लाइनमा रहेका छन् ।
सशस्त्र प्रहरीको एक नम्बरमा रहेका प्रजाभक्त श्रेष्ठ ईन्जिनियर हुन भने श्रेष्ठको सेवा अवधि सकिन लागेको छ । दुई नम्बरमा रहेका रामप्रकाश श्रेष्ठ सेनाबाट सशस्त्र प्रहरीमा आएका हुन ।
तीन नम्बरमा रहेका राजु अर्याल नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन भने चार नम्बरमा रहेका नारायणय दत्त पौडेल पनि नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन ।
सशस्त्र प्रहरीको एसपीबाट राम प्रकाश श्रेष्ठ, राजु अर्याल र नारायणदत्त पौडेल २०७० जेठ २ गते एसएसपीमा बढुवा भएका थिए । त्यसै गरी एसएसपी गोविन्द क्षेत्री, चन्द्र प्रकाश गौतमको २०७० साउन ३ गते एसएसपीमा बढुवा भएका हुन ।
एसएसपी हरिशंकर बुढाथोकी,कृष्णभक्त ह्मचार्य,राजेन्द्र बस्नेत, हरिश्चन्द्र अधिकारी, किशोर प्रधान , वेचन यादब, र बंशीराजदाहाल २०७१ पुष २१ गते बढुवा भएका हुन । भने डीआइजी अरविन्द धिताल निलम्बनमा परेर अदालतमा मुद्दा खेपी रहेका छन ।
सशस्त्र प्रहरी बलमा मात्रै होइन कुनै पनि संगठनमा बढुवाको आफ्नै नियम हन्छ । संगठनमा कुन कर्मचारीको क्षमता कति छ भन्ने कुरा संगठन र संगठनको प्रमुखलाई अझ सबै भन्दा बढि जानकारी हुन्छ ।
तर पछिल्लो समयमा महत्वपूर्ण काम सम्पादन गर्ने कर्मचारी भन्दा शक्ति र पैसाको प्रलोभनमा पारेर बढुवा गर्ने चलन बढिरहेको बताइएको छ । यस्तो नीति – थितीमा चलिरहेको संगठन भित्र यस्ता खालका गतिविधि हुनु राम्रो मानिदैन तसर्थ बढुवाको लाइमा रहेका आफ्ना प्रतिस्प्रधिहरुका विरुद्ध विभिन्नका अस्वभाविक गतिविधि सञ्लान गर्नु र उनीहरुका विरुद्धमा विभिन्न सञ्चार माध्यमा गलत समाचार लेख्नले संगठनलाई बलियो होइन संगठनको गरिमालाइ कमजोर तुल्याइ रहेको बताइएको छ ।
सरुवा बढुवा प्रक्रियामा मोटो आर्थिक प्रलोभनमा परेर सम्बन्धित निकायका कुनै पनि कर्मचारी परेमा व्यक्तिको त हित होला तर संगठनलाइ भने निकै घाटा हुने बताइएको छ । विगतका केही परिघटनाहरुबाट पाठ सिक्दै संगठन र संगठन भित्र रहेका जिम्मेवार व्यक्तिहरुले सशस्त्र प्रहरीको संगठनमाथि नै आच आउने गतिविधिहरुलाइ निस्तज पार्न सक्नु पर्दछ ।
यसबाट बढुवामा हुने आर्थिक चलखेलले कुनै पनि संगठनलाई सही गति लिन सक्दैन भन्ने विषयमा ध्यानदिनु जरुरी देखिन्छ । आफ्ना प्रतिस्पर्धीहरुका विरुद्ध अनावश्यक मिडियावाजी,भ्रामक प्रचारप्रसार गर्दै अगाडी आउने अस्वस्थ प्रतिस्प्रधाले संगठनको गतिलाइ नै विर्गाने आम धारणा रहेको छ ।
सैनिक संरचनामा चेन अफ कमाण्ड हुने गर्दछ । चेन अफ कमाण्डमा रहनुनै फौजि नियम भएकाले संगठनभित्र संगठनमा कार्यरत उच्चतहका अधिकृतको वास्तवीक तस्वीर,उनीहरुको क्षमता दक्षताको मुल्याड्ढन सैने नियम अनुसार नै गरिनु पर्ने बताइएको छ ।
संगठनभित्रका कर्मचाारीको दक्षता,क्षमता,सैने अनुशासन जस्ता महत्वपूर्ण कुराहरु चेन अफ कमाण्डलाइ हुने नेतृत्वले अन्य कुनै पनि खालको दवापमा पर्नु हुदैन भन्ने आम धारणा रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्