काठमाडौं,५ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ । बैठकमा पार्टी संगठनहरुको एकीकरण, केन्द्रीय आयोग र विभागहरुको गठनबारे छलफल हुनेछ ।
पार्टी, संसद र सरकार सञ्चालनका विषयहरु, सचिवालय, स्थायी कमिटि र केन्द्रीय सदस्यको कार्यविभाजनबारे पनि छलफल हुने भएको छ । एमाले र माओवादीबीच एकता भएको पा“च महिना बितिसक्दा पनि गठन हुन नसकेको पोलिटव्युरोको एजेण्डा पनि आजको बैठकमा छलफल हुनेछ ।
यस्तै, वरिष्ठ नेता माधव नेपालले प्रदेश नेतृत्व छनौटबारे पटकपटक सार्वजनिक र औपचारिकरुपमा व्यक्त गर्दै आएको असन्तुष्टीबारे समेत छलफल हुने अनुमान गरिएको छ ।
हिजोबाट सुरु भएको दुई दिने बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रत्यक्ष निर्वाचित सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत गरेको छ
प्रतिक्रिया दिनुहोस्