काठमाडौ ,५ कात्तिक । बडादशैं अन्तर्गत, आज टीकाको चौथो दिन । आज पनि, सर्वसाधारणले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा ग्रहण गरिरहेका छन् ।
बडादशैं अन्तर्गत आश्विन शुक्ल तिथि त्रोयोदशीको दिन आज पनि आफ्ना मान्यजनबाट टीका र जमरा तथा आशीर्वाद लिने क्रम जारी छ ।
टीका ग्रहण गर्न गन्तव्यमा निस्केका सर्वसाधारणको चहलपहल बढेको छ । मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी कोजागत पूर्णिमासम्म आशीर्वाद लिइन्छ ।
प्रतिक्रिया दिनुहोस्