काठमाडौं,४ कात्तिक । काठमाडौंको रातो पुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको छ । राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि नक्कली नोट बनाउने कारखाना भेटिएको हो ।
उनीहरुलाई शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित प्रक्राउ गरेपछि कारखाना भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन,समेत बरामद भएको बताइएको छ । स्रोतका अनुसार अभियुक्तको कोठाबाट प्रहरीले ३ लाख ७० हजार रुपैयाँको तयारी अवस्थामा रहेको नक्कली नोट पनि बरामद गरेको छ।
प्रतिक्रिया दिनुहोस्