अछाम ,४ कात्तिक । कमलबजारमा ७ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन । बलत्कार गरेको आरोपमा कमलबजार नगरपालिका वडा न ५ का १८ वर्षीय एक युवकलाई पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ ।
पक्राउ परेका युवकले एक अर्कि १४ वर्षीया बालिकामाथि समेत बलात्कारको प्रयास गरीएको बताईएको छ । यि दुवै घटनामा संगलग्न भएको आरोपमा प्रहरीले ति युवकलाई पक्राउ गरेको जनाएको छ । यि दुवै बलात्कारका घटनामा आफु संलग्न भएको ति युवकले स्विकारेको प्रहरीले बताएको छ ।
कार्तिक २ गते विहान १० बजतिर १४ वर्षीय बालिका भेरीछाडा नवाशैन जंगलम गाई बाख्रा हेर्न गएको मौकामा सोही स्थानमा ति युवकले बालिकालाई करणी गर्ने उद्देश्यले हातपात गर्न खोजेको प्रहरीले बताएको छ ।
उनि भाग्न सफल भई घरमा आएर सो कुरा बताएपछि ७ वर्षीया बालिकालाई समेत असोज ३ गते दिउसो सोही वनको नवाशैन खोलामा जबरजस्ती करणी गरेको खुलेको होे ।
ति युवकले आफ्नो हातमा लगाएको घडी ७ वर्षीया बालिकालाई दिई ललाईफकाई जबरजस्ती करणी गरेको बालिकाका बुवाले प्रहरी समक्ष बताएका छन् । ललाईफकाई गरेको कुरा कसैलाई भनेपछि मारी दिन्छु भनि धम्की दिएकोले छोरीले डरले कसैलाई खवर नगरेको पीडित बालिकाको बुवाले बताएका छन् ।
ति युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहिले बताए ।
प्रतिक्रिया दिनुहोस्