गुल्मी,४ कात्तिक । जिल्लाको मुसिकोट –७, इन्द्रेगौडा गुल्मीमा श्रीमानले श्रीमतीलाई कुटपिट गरेर हत्या गरेका छन् । शनिबार राति भएको पारिवारिक झगडाका क्रममा ३५ वर्षीय पंकज कुमालले श्रीमती ३० वर्षीया लाली कुमालको हत्या गरेका हुन् ।
पंकजले चिरपट दाउराको प्रयोग गरी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको गुल्मी प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले बताएका छन ।
उनले कुटपिट गर्दा श्रीमतीको हत्या भएको पंकजले पनि स्वीकार गरेका छन् ।उनलाई नियन्त्रण गरी प्रहरीले थप अनुसन्धान थालेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्