नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिका–९ को मुगुवा खोला नजिक भएको सवारी दुर्घटनामा मृत्यु हुने ६ जनामध्ये चारजनाको सनाखत भएको छ ।
दाङबाट कोहलपुरका लागि छुटेको रा १ ज १६६२ नम्बरको हाइस र कोहलपुरबाट दाङका लागि छुटेको लु १ ख ७७२९ नम्बरको ट्रक ठोक्किँदा ६ जनाको मृत्यु भएको हो । चारजनाको घटनास्थलमै र दुईजनाको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएका थियो । मृतक मध्ये चार जनाको सनाखत भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायका अनुसार, मृत्यु हुनेमा पश्चिम दाङकी ३० वर्षीया तुलसी रावत, दाङ तुलसीपुर नगरपालिका–८ की आठ वर्षकी बसन्ती चौधरी, तुलसीपुरकै ५० वर्षकी नारायणी श्रेष्ठ र सल्यान शारदा नगरपालिका–५ का ३० वर्षका दोर्ण बुढाथोकी रहेका छन् ।
दुईजनाको सनाखत भइनसकेको प्रहरी निरीक्षक रोकायले बताए । घाइतेमध्ये १७ जनाको मेडिकल कलेज, कोहलपुरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्