ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा लायन्स फुटबल प्रतियोगिता हुने


admin

पोखरा, १८ असोज । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालअन्तर्गतको लायन्स क्लब अफ पोखरा पिस सिटीले आगामी मङ्सिर ६ देखि ९ गतेसम्म छैटौँ अन्तर लायन्स फुटबल प्रतियोगिता–२०७५ गर्ने भएको छ ।

स्थापनाकालदेखि विभिन्न लायन्स क्लबबीचको आपसी भाइचारा प्रगाढ गर्नका लागि स्पोर्ट फर फेलोशिप भन्ने मूल नाराका साथ अन्तर लायन्स फुटबल प्रतियोगिता गर्दै आएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको कार्यक्रम संयोजक एवं क्लबका पूर्वअध्यक्ष टङ्कराज अधिकारीले जानकारी दिनुभयो ।

लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालअन्तर्गत चारवटै डिष्ट्रिक्टका करीब एक हजार क्लबमध्ये ६० वटा क्लबको प्रतियोगितामा सहभागिता हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा खुलातर्फ प्रथम र दोस्रो हुने टिमलाई रु ३५ हजार ५५५, र रु २५ हजार ५५५ नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै अनुशासित टिम, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र उत्कृष्ट गोल रक्षकलाई पनि पुरस्कृत गरिने क्लबका अध्यक्ष हरिराम पराजुलीले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न क्लबका पूर्वअध्यक्ष टङ्कराज अधिकारीको संयोजकत्वमा विभिन्न १९ वटा उपसमिति गठन गरिएको छ ।

प्रतियोगिताबाट बचेको रकम मानवीय सेवाका कार्यमा खर्चनुका साथै पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरी चिनाउने प्रयास गरिने अध्यक्ष पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com