काठमाडौं, १७ असोज । सनम हत्या सगै ३३ केजी सुन काण्डमा मुछिएका नेपाल प्रहरीका दुई जना एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन गृह मन्त्रालयले फुकुवा गरेको छ ।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालतले उल्टाएसँगै उनीहरुले निलम्बन फुकुवाको लागि गृहमा निवेदन दिएका थिए।
३३ किलो सुन प्रकरणमा एसएसपी लोहनीलाई गत वैशाख १९ गते सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले पक्राउ गरेको थियो। लोहनीलाई गत भदौ २९ गते अदालतले रिहा गर्न आदेश दिएको हो।
प्रतिक्रिया दिनुहोस्