ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिका विद्यालय शिक्षाबाट टाढा


admin
भाद्र २४, २०७४ शनिबार  १२ : ४५ बजे

धनगढी, २४ भदौ । कैलाली जिल्लामा अझै तीन प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षाको पहुँचबाट बाहिर रहेका छन् ।

खासगरी, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । राज्यले सबै नागरिकलाई शिक्षाको समान अवसर प्रदान गर्ने व्यवस्था गरेको छ । तर आर्थिक अवस्थाका साथै शिक्षा दिनुपर्छ भन्ने चेतना कतिपय परिवारमा नहुँदा अझै पनि विद्यालय पढ्ने उमेरका कतिपय बालबालिका विद्यालय बाहिर रहेका हुन् ।

आर्थिक समस्याका साथै, बसाइँसराइ गरिरहने, कामको खोजीमा बाहिरिने विपन्न समुदायका केही परिवारका बालबालिका विद्यालयको पहँुचमा आउन नसकिरहेको जिल्ला शिक्षा अधिकारी मानसिं विष्टले बताउनुभयो ।

कैलाली जिल्लालाई चालु शैक्षिक शत्रभित्र साक्षरता जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको छ । पूर्ण साक्षर जिल्ला घोषणा गर्न ९५ प्रतिशत साक्षरता नाघेको हुनुपर्ने बताइन्छ ।

बालबालिकालाई शिक्षाको पहुँचसम्म ल्याउन शिक्षा कार्यालय, विद्यालयले हरेक वर्ष विद्यार्थी भर्ना अभियान चलाउँदै आएको भए पनि यी अभियान केवल औपचारिकतामा मात्रै सीमित हुने गरेको कतिपयको भनाइ छ ।

सबै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन नसक्नुमा विद्यालय, शिक्षक, अभिभावक, समाजसेवी र राजनीतिक नेता कार्यकर्ता सबै जिम्मेवार रहेकाले सरोकारवाला सबैले गम्भीर बन्न जरुरी रहेको पञ्चोदय उच्च माविका प्राचार्य पदमसिं कुँवर बताउनुहुन्छ ।

“वर्षेनी सञ्चालन हुने विद्यालय भर्ना अभियान पनि प्रभावकारी नदेखिँदा समस्या देखिएको छ” प्राचार्य कँुवरले भन्नुभयो– “विद्यालयमा व्यानर टाँगेर कर्तव्य निर्वाह गरेको र रीत पु¥याएको जस्तो गरी विद्यालय भर्ना अभियान गर्ने गरेको देखिँदा विद्यालय भर्ना अभियान अपेक्षाकृत सफल देखिएको छैन ।”

सरकारले कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको भए पनि छात्रछात्राबाट खेलकुद, पुस्तकालय, परीक्षालगायतका शीर्षकमा विद्यालयले आफुखुशी शुल्क लिने गरेकाले पनि समस्या देखिने गरेको छ । जसका कारण आर्थिक रुपमा पछि परेका सीमान्तकृत जनजाति, सुकुम्बासी, मुक्तकमैया समुदायका बालबालिका विद्यालय बाहिर रहनु पर्ने अवस्था रहेको छ ।

कुन समुदायका कति बालबालिका विद्यालयको पहँुचबाट टाढा छन् भन्ने यकिन तथ्याँकको पहिचान हुन नसक्दा विद्यालय भर्ना अभियानले सोचेजस्तो सफलता पाउन नसक्दा कतिपय बालबालिका शिक्षाको पहुँचबाट टाढा रहनुपर्ने अवस्था रहेको धनगढी उच्च माविका प्राचार्य लक्ष्मणदत्त भट्ट बताउनु हुन्छ ।

कैलाली जिल्लामा निजी क्षेत्रका विद्यालयबाहेक ५६५ वटा सामुदायिक विद्यालयमा एक लाख ६५ हजार छात्रछात्रा अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री बालेन शाहको विदेशी कूटनीतिज्ञहरूलाई १२ सन्देश(सचित्र)

सांसद झविलाल डुम्रे

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

उपचारका लागि विदेशमा छौँ, हाम्रोबारे भ्रामक प्रचारबाजी भयो–देउवा

कपिलवस्तुमा प्रहरीको गोलीबाट मृत्यु भएका यादवको परिवारद्वारा क्षतिपूर्ति र छानबिनको माग

प्रधानमन्त्री कप क्रिकेटमा बागमती र मधेश प्रदेश विजयी

प्रधानमन्त्री बालेन शाहको विदेशी कूटनीतिज्ञहरूलाई १२ सन्देश(सचित्र)

सांसद झविलाल डुम्रे

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउन कांग्रेसले राख्यो ४ शर्त (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com