ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिका खेलाडी पोखरा रङ्गशालामा


admin
आश्विन १६, २०७५ मंगलबार   ४ : ०२   बजे

पोखरा, १६ असोज । अधिकांश समय औपचारिक पोशाकमा सजिएर सभासमारोहमा देखिनुहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यतिखेर पोखरा रङ्गशालामा जारी वल्र्ड रेङ्किङ टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

उमेर ६४ वर्ष पुगिसकेका उहाँ अहिले पनि उत्तिकै जोशिलो र फूर्तिलो रुपमा वल्र्ड रेङ्किङ्मा आफूलाई लैजाने प्रयासमा हुनुहुन्छ । सोमबार सम्पन्न ५५ वर्षमाथिको एकलमा पूर्वउपप्रधानमन्त्री थापाले फाइनलका लागि आफ्नो स्थान सुरक्षित गरिसक्नुभएको छ ।

उहाँले भारतका आदित्य कर्नानीको चुनौती ६–३ र ६–१ को सजिलो सेटमा हराउँदै अन्तिम प्रतिस्पर्धाका लागि आफूलाई उतार्नुभएको हो । उपाधिका लागि उहाँले अब कृष्णराज घले र अनिल तुलाचनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुहुनेछ ।

त्यस्तै ५५ वर्षमाथिको डबल्समा भने नेपालका मनोज राणा र भारतका पवन जैनको जोडीले थापा र झ्याम्बा ढुण्डुपको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको पहिलो सेट थापा जोडीले ६–० ले लिँदै उत्कृष्ट खेल प्रदर्शन गरे पनि दोस्रो सेटको खेल ७–५ ले आफ्नो पक्षमा पार्दै राणा जोडी खेलमा फर्किएको थियो । निर्णायक सेट राणा जोडीले सुपर टाइमा १३–११ ले आफ्ना पक्षमा पारेपछि थापा जोडी अन्तिम दुईको प्रतिस्पर्धाबाट बाहिरिएको थियो ।

सोमबारको खेलपछि थापाले खेलमा मनोवैज्ञानिक पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । खेलमा सामान्य गल्तीले पनि धेरै प्रभाव पार्ने उल्लेख गर्दै उहाँले जीतहार सामान्य प्रक्रिया भएको धारणा व्यक्त गर्नुभयो । खेललाई निकै अभिरुचिका साथ हेरिरहनुभएका उहाँकी धर्मपत्नी प्रलिताले भन्नुभयो, “खेल त राम्रै खल्नुभएको हो, तर अलिक बढी हतारिनुहुन्छ, मैलै धेरै पटक नहतारिनू भन्ने गरेकी छु ।”

पिता कर्णेल छत्रबहादुरको प्रेरणाबाट आफूसहित परिवार नै खेलतर्फ अभिप्रेरित भएको बताउँदै थापाले खेलकूदका अनुशासन र आदर्शलाई आफूले व्यक्तिगत जीवनका साथै राजनीतिमा महत्वपूर्ण पूँजीका रुपमा लिने गरेको उल्लेख गर्नुभयो ।

“खेलकूदमा मेरो बाल्यककालदेखिकै लगाव थियो, शुरुमा फुटबल धेरै खेल्थेँ, टेनिस पनि खेल्दै आएको छु”, उहाँले भन्नुभयो । उहाँले फुटबल एवं टेनिसका विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई उभ्याइसक्नुभएको छ । उहाँ दैनिक साढे एक घण्टा नियमित खेल्नुहुन्छ भने एक घण्टा सुदर्शन क्रियाको योग गर्नुहुन्छ ।

विद्यमान नेपाली राजनीतिमा अस्थिरता, अराजकता र अन्योल देखिएको बताउँदै उहाँले तत्कालीन निकासका लागि भने सरकारलाई काम गर्न दिनुपर्छ भन्नुभयो । सङ्घीयता, धर्म निरपेक्षताजस्ता विषयले राज्यमा जटिलता सिर्जना गरिरहेको आफ्नो स्पष्ट दृष्टिकोण भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

योआने विस्साले पोर्चुगललाई रोके, डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक पहिलो अंक जित्यो

केनको दोहोरो प्रहार, बेलिङ्घमको जादु र रासफोर्डको अन्तिम चोट — क्रोएसियामाथि इंग्ल्यान्डको ४–२ को रोमाञ्चक जित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group