ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा भव्यरुपमा मनाईयो जितिया महोत्सव


एबीसी न्यूज

चितवन, १५ असोज । । चितवनको भरतपुर महानगरपालिका वडा नं २७ पर्साढापमा थारु कल्याणकारिणी सभाले धुमधामले जितिया उत्सव मनाइएको छ । थारु समुदायको महत्वपूर्ण चाड जितियाको अवसरमा चितवनका थारु समुदायले उत्सव नै मनाएका हुन् ।

कृषि राज्यमन्त्री रामकुमारी चौधरीले भरतपुर महानगरस्तरीय जितिया उत्सवको उद्घाटन गर्नुभएको थियो । उत्सवको उद्घाटन गर्दै राज्यमन्त्री थारुहरुलाई विगतमा राज्य र समाजबाट हेपिएको बताउँदै अब ती दिनको अन्त्य भएको बताउनु भएको छ ।

चितवन त्यसमा पनि भरतपुर थारू समुदायको संस्कृति र भेषभुषामा अत्यन्तै धनी रहेको बताउँदै उहाँले यसको संरक्षण र विकासमा लाग्न सम्पूर्ण थारू समुदायलाई आग्रह गर्नुभयो । थारू समुदायमा जितिया पर्वको साँस्कृतिक महत्व रहेको बताउँदै मन्त्री चौधरीले सम्पूर्णलाई जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले सरकार ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने नारालाई सार्थक पार्न योजनाबद्ध ढंगले अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले निर्मला पन्तदेखि अन्य आपराधिक घटनामा संलग्नहरू छिट्टै कारवाहीको दायरामा आउने बताउनुभयो । शान्ति सुरक्षा अमनचयन कायम राख्नु सरकारको प्रमुख दायित्व रहेको बताउँदै उहाँले यसमा समाजको दायित्व पनि उत्तिकै रहने बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले थारु समुदायका महिलाहरुको महान जितिया पर्व साँस्कृतिक संरक्षणमा महत्वपूर्ण हुने भन्दै जितिया पर्वको अवसरमा सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले प्रचलित धर्म, सँस्कृतिको रक्षा, जगेर्ना र प्रवद्र्धन गर्न यस महोत्सव सार्थक हुने विश्वास गर्नुभयो । यस्ता मेला महोत्सव र पर्वहरु साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण माध्यम हुने र यस्ता साँस्कृतिक मेला पर्वहरुले समाजमा आपसी सद्भाव, भाइचारा र सामाजिक सम्बन्ध कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com