ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तराष्ट्रीय हाईकु महोत्सव टोकियोमा भव्यताका साथ सम्पन्न


abc

इन्दिरा खनाल, टोकियो, जापान १५  असोज ।  नेपाली साहित्यलाई अन्तराष्ट्रिकरण गर्ने भन्दै जापानको टोकियोमा एक दिने नेपाली हाईकु महोत्सव सम्पन्न भएको छ । जापान नेपाल बिचको आत्मियता अझै प्रगाढ बनाउन हाईकु सम्मेलन गरिएको आयोजक नेपाल हाइकु केन्द्र तथा नेपाल साहित्य समाज जापानले दाबी गरेको छ ।
केन्द्रको च्याप्टरको आयोजनामा सम्पन्न महोत्सवमा बिभिन्न देशका हाइकुकार सहित जापानी साहित्यकारको उपस्थीति रहेको थियो । नेपाल हाईकु केन्द्रका अध्यक्ष प्राध्यापक रामकुमार पाडेँ सहित अश्वीनी कोईराला,शिरोमणि दवाडी,किरण पौडेल,बिजयराज आचार्य, साहित्यकार कृष्ण बजगाँइ प्रभा बरालको समेत कार्यक्रममा सहभागीता रहेको थियो । जापानी र नेपाली हाईकुकारको सहभागीताले साहित्यमय र मिठासपूण बनेको हाइकु सम्मेलन जापानमा पहिलो पटक गरिएको हो ।

लगातारको झरि र त्यसपछि बनेको चिसो मौसमका बिच टोकियोमा आयोजित कार्यक्रममा ९ वटा कृति बिमोचन गरिएको थियो । महोत्सवमा ‘रातो साकुरा’कुमारी रात’ ‘नीलो आशुँ’ ‘बुट्टे किमोनो’ ‘ छ हास्ताक्षर’ ‘ नाईलाको साहारा’ ‘ फूजीको फेद’ हण्डिंग हाईगा’ ‘ हाईकु पत्रिका’लगाएतका ९ कृति समेत एकै पटक बिमोचन गरिएको थियो ।

महोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि जापानका लागि नेपाली राजदुतावास टोकियोका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले नेपालीले लेखेका राम्रा थु्प्रै रचनाहरु जापानी भाषामा पनि लेखेर या अनुवाद गरेर बुझाउन सकिने बताउनुभयो । कार्यक्रममा एनआरएनए आईसिसि अध्यक्ष भवन भट्टले नेपाललाई चिनाउन साहित्य पनि माध्यम बन्न सक्ने बताउनुभयो । कार्यक्रममा नेपाल हाईकु केन्द्रका अध्यक्ष राम कुमार पाडेँले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने पाण्डेको कार्यपत्रमाथि जापानी साहित्यकार तथा नेपाली भाषाका प्रशिक्षक हारुहितो नोजु र सल्लाहाकार तिलक मल्लले टिप्पणी गर्नुभएको थियो।

कार्यक्रममा अनेसासका केन्द्रिय उपाध्यक्ष प्रकाश पौडेल माईला,एनआरएनए आईसिसी प्रबक्ता भुषण घिमिरे, अनेसास जापानका संस्थापक अध्यक्ष डा.कुमार बस्नेत,नेपाली भाषा र साहित्यलाई माया गर्ने जापानी हारुहित नोजु,मायासुकी लगाएतले आ आफ्नो धारणा राख्नुभएको थियो ।। दुई सेसनमा गरिएको कार्यक्रममा पुर्व अध्यक्ष बेलुकाजी थापाको स्वागत मन्त्ब्य एवम सल्लाकार धिषण निरौला र सचिव रविन शर्माको जापानी र नेपाली भाषा सहित संचालनमा सम्पन्न भएको थियो।

 

जापानी हाइकुकारले मायाको चिनो स्वरुप रामकुमार पाडेँलाई हाईकु लेखिएको कप र खादा हस्तान्तरण गरे । नेपाल र जापान बिचको सम्बन्धलाई नजिक र प्रगाढ बनाउन र अन्तराष्ट्रिकरण गर्ने बिषयमा ८ बुदेँ घोषणा पत्र जारी गरि महोत्सव सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्माले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेका छन् । राजदूत शर्माले आइतबार भारतको लखनउस्थित

राष्ट्र सिकिस्त बिरामी छ: संसदमा शेखर कोइराला

काठमाडौं, १२ चैत।  नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्यम गर्नेहरु हतास मनस्थितिमा

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

काठमाडौं, १२ चैत। एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज

सम्बन्धित

टिकटकका सिइओको स्वीकारोक्ति : प्रयोगकर्ताको डाटामा चिनियाँ प्राविधिकको पहुँच छ

उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण

पेरिसमा प्रदर्शन हिसांत्मक बनेपछि बेलायती राजारानीको फ्रान्स भ्रमण स्थगित

राहुल गान्धीको सांसद पद खारेज

चीनबारे के सोच्छ अमेरिकी जासुसी संयन्त्र ? चीनका सात गतिविधिले अमेरिकालाई खतरा

राहुल गान्धीलाई मानहानी मुद्दामा २ वर्षकाे जेल सजाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...