ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

रोहिङ्ग्या शरणार्थीलाई चाँडै स्वदेश फर्काउ : प्रधानमन्त्री हसिना


abc

एजेन्सी,१२ असोज । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्नो देशमा रहेका म्यान्मारका रोहिङ्ग्या शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन आग्रह गर्नुभएको छ ।

उहाँले संयुक्त राष्ट्रसंघको महासभामा म्यान्माली शरणार्थीहरुलाई जतिसक्दो चाँडै घर फर्काउने वातावरणका लागि धारणा राख्नुभएको न्युयोर्कबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

र्षदिन बितीसक्दा पनि म्यानमार पक्षबाट आफ्नो देशका नागरिकलाई स्वदेश फर्काउने बारेमा कुनै भरपर्दाे र दिगो रुपमा पहल नै नभएको भन्दै दुःख व्यक्त पनि गर्नुभएको बताइएको छ ।

उहाँले भन्नुभयो– म्यान्मार पनि हाम्रो छिमेकी नै हो र हामीले विगत लामो समयदेखि नै रोहिङ्ग्या शरणार्थीहरुलाई स्वदेश फिर्ता गर्नका लागि भरपर्दाे र शान्तिपूर्ण समाधान पनि खोजेका छौँ तर पनि त्यसो हुन सकिरहेको छैन ।

यसका लागि पहलहरु पनि नभएका होइनन् र करिब तीन पटकसम्म द्धिपक्षीय वार्ता पनि भएको छ तर ती वार्तापछि पनि शरणार्थी स्वदेश फर्काउने वातावरण भने बन्न सकिरहेको छैन– उहाँले भन्नुभयो ।

प्रधानमन्त्री हसिनाले यसअघि मौखिक रुपमा मात्र म्यान्माली अधिकारीहरुले शरणार्थीहरुलाई स्वदेश फर्काउनका लागि मौखिक सहमति मात्र गरेका छन् भन्दै अब भने लिखित सहमतिका साथ कहिलेदेखि उनीहरु स्वदेश फर्किन पाउने हुन् भन्ने बारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– यो रोहिङ्ग्या समस्या म्यानमारबाट शुरु भएको हो र यसको समाधानको विकल्प खोज्ने पनि म्यान्मारमा नै हो, त्यसैले शान्तिपूर्ण रुपमा यसको समाधान जतिसक्दो चाँडै खोज्नुप¥यो ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार बङ्गलादेशको म्यान्मारमा ७ लाख २० हजार रोहिङ्ग्या शरणार्थी पुगेका छन् । गत वर्षको अगष्ट २५ बाट उनीहरु म्यान्मार छोडेर बङ्गलादेश पुगेका हुन् ।

उनीहरुलाई म्यान्मारको सेनाले ज्यादति गरेर लखेटेको शरणार्थीहरुको भनाई छ । तर त्यो स्वीकार्न म्यान्मार सरकार तयार छैन ।

प्रधानमन्त्री हसिनाले उनीहरु अत्यन्तै अँध्यारो भविश्य लिएर त्यहाँ बसिरहेकोले उनीहरुको स्वदेश फिर्तीका लागि पनि विश्व समुदायसहित सबैले ध्यान दिनु जरुरी छ ।

ती शरणार्थीका बालबालिकामा कुपोषण भएको र महिलाहरुले पनि निकै कष्टपूर्ण जीवन बिताउनु परिरहेको बताएका छन् । उनीहरुले पाएका दुःखको समाचार निकै लामो समयदेखि आइरहेको भए पनि समस्या समाधानका लागि भने खासै ठोस पहल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ

गलकोट, ३ वैशाख  :बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा

हराएको ३७ वर्षपछि फकिएको मूर्ति हस्तान्तरण

काठमाडौँ, ३ वैशाख :ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व

मौलिक सिर्जनाबाट मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्र्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, २ वैशाख: राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा विकसित कलाको सिद्धान्त र प्रवृत्तिको अध्ययन गरी मौलिक सिर्जनाका माध्यमबाट देशको प्रतिष्ठा अभिवृद्धि गर्नेतर्फ कलाकार अग्रसर हुनुपर्ने बताउनुभएको

सम्बन्धित

भारतद्वारा रुसी खोप “स्पुतनिक भी” लाई अनुमति

क्रिप्टोकरेन्सीः २० खर्ब डलरको विश्व बजार

कोरोना भाइरसः चीनमा निर्मित कोभिड खोपहरूले प्रदान गर्ने सुरक्षा दर उच्च छैन : बीबीसी

दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा

यमनको माारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु

 इरानमा परमाणु केन्द्रमा क्षेप्यास्त्र आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com