ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ए डिभिजन लिग : खेल मिलेमतो गरे कडा कारवाही


abc

काठमाडौँ, १२ असोज ।   शनिबारदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा खेल मिलेमतो गरे कडा कारवाही हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीले खेल मिलोमतो रोक्न इन्ट्रिगिटी अधिकृतले विदेशमा तालीम लिएर आएको बताउनुभयो ।

लिग संयोजक विज्ञानराज शर्माले भन्नुभयो, “हामीले लिग हुने दुवै मैदानमा सिसी क्यामेरा राख्नेछौँ, यस्तै अर्को क्यामेरा पनि हुनेछ, म्याच फिक्सिङ भए फिफा र एएफसीको नियमअनुसार कारवाही गर्छाैँ ।” लिगका खेलहरु सातदोबाटोस्थित एन्फा मैदान र हल्चोकस्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ ।

साङ्गीतिक प्रस्तुतिका साथ लिगको उद्घाटन हुने जानकारी एन्फाले दिएको छ । नेपालका चर्चित कलाकारको प्रस्तुति रहने उक्त साङ्गीतिक प्रस्तुति ४५ मिनेटको हुनेछ ।

उद्घाटनका अवसरमा विश्व फुटबल महासङ्घ (फिफा)का दक्षिण एशिया ‘रिजनल डेभलपमेन्ट अफिसर’ प्रिन्स रफस समेत नेपाल आउने एन्फाले जनाएको छ ।

टिकट मूल्य ५०० र २००

एन्फा महासचिव इन्द्रमान तुलाधरले हल्चोकमा हुने लिगका खेलहरुको टिकट मूल्य रु २०० र एन्फा कम्प्लेक्समा हुने खेलका लागि रु २०० र ५०० राखिएको जानकारी दिनुभयो ।

प्रिम्याच कन्फ्रेन्स 

‘ए’ डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रले लिगअघि शुक्रबार सबै १४ क्लबका प्रशिक्षकलाई राखेर ‘प्रि म्याच कन्फ्रेन्स’ आयोजना गरिने बताउनुभयो ।

उहाँले यसबाट सबै क्लबलाई आफ्नो तयारी र लिगको टार्गेटको बारेमा जानकारी गराउने सकिने उनले जानकारी दिनुभयो ।

लिगको मार्केटिङ र प्रमोसन पार्टनरको रुपमा रहेको रामसार मिडियाले पल्सर बाइकसँग ‘ए’ डिभिजन लिगको लागि टाइटल स्पोनसरको सम्झौता गरिसकेको छ । सम्झौतापछि लिग पल्सर शहीद स्मारक ए डिभिजन लिगको नामबाट सञ्चालन हुनेछ ।

चार वर्षपछि हुन लागेको लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

लिगको दोस्रो खेल आइतबार सङ्कटा क्लब र सरस्वती क्लबले प्रतिस्पर्धा गर्नेछन् । दुई खेलपछि नेपालले बङ्गलादेशमा हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागिता जनाउने भएपछि केही समयका लागि लिग स्थगित हुनेछ ।

रेलिगेसन नहुने लिग आगामी माघ १६ गतेसम्म हुनेछ । लिगमा १४ ’ए’ डिभिजन क्लबले खेल्ने छन् । जसमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब रहेका छन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ ।

लिगको विजेताले रु ५० लाख पाउनेछ । यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने छन् । लिगको उपविजेताले रु ३५ लाख र तेस्रोले रु २५ लाख पाउने जनाएको छ ।

लिगको चौँथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले रु एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिने छन् ।

लिगको तयारीका लागि एन्फाले क्लबहरुलाई रु २० लाख उपलब्ध गराइसकेको छ ।

’ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विसं २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।

‘रेलिगेशनबिना’को लिग

एन्फाका अनुसार नियमित ‘रेलिगेशनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपाली फुटबलको माहोल ल्याउन रेलिगेशनबिनाको लिग गर्न लागेको बताएको छ ।

एसियाली फुटलब सङ्घ (एफसी) र विश्व फुटबल महासङ्घ (फिफा)ले नेपालमा फूटबलको माहोल सिर्जना गर्न ‘ननरेलिगेशन’ लिग गर्न यसअघि नै अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची

काठमाडौँ, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्रीले मागे मन्त्री बन्नेहरुको नामावली : ३ बजे शपथ

काठमाडौं, १७ चैत्र ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । त्यसका लागि दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको

यस्तो छ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम तयार भएको छ । संविधानको रक्षा, आवश्यकताअनुसार परिमार्जन/विकास, गणतन्त्र

सम्बन्धित

विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

थ्री स्टार खप्तड गोल्डकपको फाइनलमा

चितवनको क्रिकेट रंगशालाको समस्या एक वा दुई हप्ता भित्र समाधान हुन्छः प्रधानमन्त्री प्रचण्ड

विराटनगर र लुका सकर उपाधिका लागि भिड्दै

लुका सकर विराट गोल्डकपकाे फाइनलमा

भुटानसँगको बराबरीसँगै नेपाल फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...