ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ए डिभिजन लिग : खेल मिलेमतो गरे कडा कारवाही


एबीसी न्यूज
आश्विन १२, २०७५ शुक्रबार   ८ : ५२   बजे

काठमाडौँ, १२ असोज ।   शनिबारदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा खेल मिलेमतो गरे कडा कारवाही हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीले खेल मिलोमतो रोक्न इन्ट्रिगिटी अधिकृतले विदेशमा तालीम लिएर आएको बताउनुभयो ।

लिग संयोजक विज्ञानराज शर्माले भन्नुभयो, “हामीले लिग हुने दुवै मैदानमा सिसी क्यामेरा राख्नेछौँ, यस्तै अर्को क्यामेरा पनि हुनेछ, म्याच फिक्सिङ भए फिफा र एएफसीको नियमअनुसार कारवाही गर्छाैँ ।” लिगका खेलहरु सातदोबाटोस्थित एन्फा मैदान र हल्चोकस्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ ।

साङ्गीतिक प्रस्तुतिका साथ लिगको उद्घाटन हुने जानकारी एन्फाले दिएको छ । नेपालका चर्चित कलाकारको प्रस्तुति रहने उक्त साङ्गीतिक प्रस्तुति ४५ मिनेटको हुनेछ ।

उद्घाटनका अवसरमा विश्व फुटबल महासङ्घ (फिफा)का दक्षिण एशिया ‘रिजनल डेभलपमेन्ट अफिसर’ प्रिन्स रफस समेत नेपाल आउने एन्फाले जनाएको छ ।

टिकट मूल्य ५०० र २००

एन्फा महासचिव इन्द्रमान तुलाधरले हल्चोकमा हुने लिगका खेलहरुको टिकट मूल्य रु २०० र एन्फा कम्प्लेक्समा हुने खेलका लागि रु २०० र ५०० राखिएको जानकारी दिनुभयो ।

प्रिम्याच कन्फ्रेन्स 

‘ए’ डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रले लिगअघि शुक्रबार सबै १४ क्लबका प्रशिक्षकलाई राखेर ‘प्रि म्याच कन्फ्रेन्स’ आयोजना गरिने बताउनुभयो ।

उहाँले यसबाट सबै क्लबलाई आफ्नो तयारी र लिगको टार्गेटको बारेमा जानकारी गराउने सकिने उनले जानकारी दिनुभयो ।

लिगको मार्केटिङ र प्रमोसन पार्टनरको रुपमा रहेको रामसार मिडियाले पल्सर बाइकसँग ‘ए’ डिभिजन लिगको लागि टाइटल स्पोनसरको सम्झौता गरिसकेको छ । सम्झौतापछि लिग पल्सर शहीद स्मारक ए डिभिजन लिगको नामबाट सञ्चालन हुनेछ ।

चार वर्षपछि हुन लागेको लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

लिगको दोस्रो खेल आइतबार सङ्कटा क्लब र सरस्वती क्लबले प्रतिस्पर्धा गर्नेछन् । दुई खेलपछि नेपालले बङ्गलादेशमा हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागिता जनाउने भएपछि केही समयका लागि लिग स्थगित हुनेछ ।

रेलिगेसन नहुने लिग आगामी माघ १६ गतेसम्म हुनेछ । लिगमा १४ ’ए’ डिभिजन क्लबले खेल्ने छन् । जसमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब रहेका छन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ ।

लिगको विजेताले रु ५० लाख पाउनेछ । यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने छन् । लिगको उपविजेताले रु ३५ लाख र तेस्रोले रु २५ लाख पाउने जनाएको छ ।

लिगको चौँथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले रु एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिने छन् ।

लिगको तयारीका लागि एन्फाले क्लबहरुलाई रु २० लाख उपलब्ध गराइसकेको छ ।

’ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विसं २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।

‘रेलिगेशनबिना’को लिग

एन्फाका अनुसार नियमित ‘रेलिगेशनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपाली फुटबलको माहोल ल्याउन रेलिगेशनबिनाको लिग गर्न लागेको बताएको छ ।

एसियाली फुटलब सङ्घ (एफसी) र विश्व फुटबल महासङ्घ (फिफा)ले नेपालमा फूटबलको माहोल सिर्जना गर्न ‘ननरेलिगेशन’ लिग गर्न यसअघि नै अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

योआने विस्साले पोर्चुगललाई रोके, डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक पहिलो अंक जित्यो

केनको दोहोरो प्रहार, बेलिङ्घमको जादु र रासफोर्डको अन्तिम चोट — क्रोएसियामाथि इंग्ल्यान्डको ४–२ को रोमाञ्चक जित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group