ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छ वर्षिया दुई बालीका बलात्कारको आरोपमा ५७ वर्षीय वुद्ध पक्राउ


bhawani desk
भाद्र ३०, २०७५ शनिबार  ४ : ५५ बजे

काठमाडौं,३० भाद्र । कञ्चनपुरमा ६ वर्षका दुईजना नाबालिकालाई बलात्कार गरेको आरोपमा ५७ वर्षका एकजना वृद्ध पक्राउ परेका छन् ।

बेल्डाँडी गाउँपालिका–२, ढकनियाका ६ वर्षीय २ जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५७ वर्षीय बृद्ध राजेन्द्र विष्टलाई पक्राउ गरेको हो । विष्टले विद्यालय जाने क्रममा बालिकालाई ललाइफकाई बलात्कार गर्ने गरेको पीडित बालिकाकी आमाले बताएकी छन ।

विस्तारै बालिकाले विद्यालय जान छोडेको र आफूले गाली गरेर पठाउँदा ५र६ वटा सुरुवाल लगाएर विद्यालय जाने गरेको उनले बताइन ।

‘स्कुलबाट आएपछि योनाङ्ग दुख्यो भन्दै रुन्थि’उनले भनिन् मैले सोचे ५र६ वटा सुरुवाल लगाएर जान्छे । त्यही भएर पाछ्यो होला ।’
‘

त्यसले स्कुल नजाने कारण कहिल्यै पनि मसँग भनिन्’,उनले भनिन्’ ‘मलाई पनि त्यतातिर ध्यान गएन ।’ उनका अनुसार ती बालिकामाथि भएको यौन दुव्र्यवहार र बलात्कार गरेको बालिकासँगै जाने साथिले देखेकी रहिछिन् ।

विष्टले बालिका विद्यालयबाट फर्किदा पसलमा कुरेर बस्ने र चाउचाउ, बिस्कुट दिएर बलात्कार गर्ने गरेको उनले बताइनन् ।

छोरीमाथि भएको बलात्कारको बारेमा शुक्रबार मात्र थाहा पाएको पीडतकी आमाले बताइनन् । पीडित परिवारले घटनाबारे थाहा पाएपछि विष्ट विरुद्ध शनिबार इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दिएका थिए ।शनिबार बिहान इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले त्यसलाई पक्राउ गरेको छ ।’

प्रहरीले नाबालिकालाई बलात्कार गर्ने राजेन्द्र विष्टलाई पक्राउ गरेको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

विष्टलाई पक्राउ गरी हिरासतमा राखेर आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डीएसपी कृष्णराज ओझाले बताएका छन

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com