ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वाइन फ्लुका कारण विद्यालय बन्द


bhawani desk

राजविराज, ३० भाद्र । सप्तरीको कञ्चनरुप नगरपालिकाले स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप बढेपछि भोलिदेखि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेकोे छ ।

उक्त नगरपालिकाको आज बसेको आकस्मिक बैठकले नगरपालिकालाई विपद् क्षेत्र घोषणा गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर प्रमख वसन्त मिश्रले राससलाई जानकारी दिनभयो ।

उक्त नगरपालिकाभित्र रहेका सबै विद्यालय बन्द गर्नुका साथै सबैलाई सजक र सर्तक रहन आग्रह पनि गरिएको छ । उक्त रोगबाट बढीमात्रा विद्यार्थीमा सङ्क्रमण हुन सक्ने भएकाले विद्यालय बन्द गरिएको र सङ्क्रमण नहटेसम्म विद्यालय बन्द जारी नै रहने उहाँले बताउनुभयोे ।

उक्त नगरपालिकाका साथै हनुमाननगर कङ्कालिनी नगरपालिका र महादेवा गाउँपालिकामा सयौंजना अहिले ज्वरो र खोकीबाट पीडित हुन थालेपछि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गत भदौ २४ गतेदेखि गरिएको स्वास्थ्य शिविरमा २४ जनाको रगत र ¥याल परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा कञ्चनरुप नगरपालिका– ७ का हरिलाल साहलाई स्वाइन फ्लुको सङ्क्रमण देखिएको थियो ।

उक्त क्षेत्रमा केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामीमा ’एचवानएनवान’ ९स्वाइन फ्लु० र ’एचथ्रिएनटु’ ९हङकङ फ्लु० को भाइरस फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सो रोगबाट कञ्चनरुप नगरपालिका– ४ की ६० वर्षीया भालसरदेवी सरदार र महदेवा गाउँपालिका–१ का ८ वर्षीय बालक महफुल, कञ्चनरूप नगरपालिका– ७ का १४ वर्षीय दिवश बस्नेत, वडा नं ३ का १४ वर्षीय किशोर राम र ९ का १४ वर्षीय आमोदकुमार रामको पनि मृत्यु भइसकेको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com