ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगान द्वन्द्व सिरियाभन्दा बढी घातक– विश्लेषक


bhawani desk
भाद्र २९, २०७५ शुक्रबार  २ : ०१ बजे

एजेन्सी,२९ भाद्र । विश्लेषकहरुले अफगानिस्तानमा यस वर्ष जारी द्वन्द्व सिरियाली युद्ध भन्दा पनि बढी घातक हुन सक्ने बताएका छन् ।

सन् २०१८ मा अफगानिस्तानको हिंसाले विश्वलाई पछि पार्न सक्ने र यो सिरियाभन्दा पनि बढी हुन सक्ने उनीहरुको भनाई छ । सिरियामा जारी युद्धलाई विश्वकै एक खतरनाक द्वन्द्वका रुपमा हेरिन्छ ।

अमेरिकी नेतृत्वमा हस्तक्षेप भएयता १७ वर्षदेखि अफगानिस्तानको द्वन्द्व साम्य हुनुको साटो अझ डरलाग्दो र घातक भइरहेको छ ।

युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसमा कार्यरत अफगान विज्ञ जोनी वाल्सले भन्नुभयो– उता सिरियामा शान्ति स्थापनाका लागि भएका प्रयासहरु र यता अफगानिस्तानमा बढ्दो हिंसात्मक घटना र नागरिक हताहतका दृश्य हेर्दा सन् २०१८ मा विश्वमा अफगानिस्तान नै सबैभन्दा बढी हिंसा हुने देश हुन सक्दछ ।

यहाँ हरेक वर्ष हिंसाका घटनामा बृद्धि भइरहेको छ । अफगानिस्तानको परिस्थिति निरन्तर खस्कदो आवस्थामा छ, उहाँले भन्नुभयो ।

सिरियामा अफगानिस्तानको भन्दा करिब एक दशकपछि द्वन्द्व शुरु भएको थियो । सिरियामा यसवर्ष करिब १५ हजार नागरिकको ज्यान गएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

तर अफगानिस्तानमा यस वर्ष ज्यान गुमाउने नागरिकको संख्या २० हजार कट्ने देखिएको इन्टरनेसनल क्राइसिस ग्रुपका एकजना परामर्शदाता ग्रामी स्मीथले जानकारी दिनुभयो ।

अफगानिस्तानको गृहमन्त्रालयका उपप्रवक्ता नसरत राहिमीको अनुमानमा हरेक साता ३०० देखि ४०० दुश्मन लडाकूहरु मारिने गरेको बताउनुभयो । तर उहाँले नागरिकको मृत्यु र सरकारी फौजको विवरण उपलब्ध गराउन चाहनु भएन ।
अफगानिस्तानमा जारी द्वन्द्वमा सन् २०१४ यता मृत्यु हुनेको संख्या एकाएक बढेको पाइएको छ ।

यस वर्षको अक्टोबर २० मा संसदीय चुनाव गर्ने तथा तालिबानसँग वार्ता गर्ने प्रस्ताव आएलगत्तै हिंसात्मक घटनामा वृद्धि भएको छ ।
पछिल्ला विवरणमा तालिबानले धेरै ठूलो भूभागमा कब्जा जमाउन सफल भएको पाइएको छ । सामान्यतया कमजोर ठानिएको इस्लामिक स्टेट्सले समेत आक्रमणका सिलसिला जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

कांग्रेसको २०० पृष्ठ लामो प्रतिबद्धतापत्र: ‘कोखदेखि शोकसम्म’ को एकीकृत अवधारणा(पूर्णपाठ)

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com