ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुला दिसामुक्त हुन नसक्दा दूषित बन्दै मलङ्गवा


bhawani desk

सर्लाही, २९ भाद्र । जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसक्दा दूषित बन्दै गएको छ ।

खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आर्थिक वर्ष २०७४-७५ मा मलङ्गवा नगरपालिकाले रु १ करोड ५० लाख खर्चिदा पनि कार्यान्वयन हुन नसक्नुमा आर्थिक अनियमिता भएको नेकपाका स्थानीय नेता देवेन्द्रकुमार यादवले बताउनुभयो ।

साविक मलंगवाका आधिकांशले आफै शौचालय बनाएका छन् । अहिले थपिएको मलंगवा नगरपालिकाको ग्रामिण क्षेत्रमा केही समस्या थियो । जनप्रतिनिधि आएपछि शौचालयको नाउँमा आफ्नो नजिकका केही व्यक्तिलाई शौचालयका लागि रिङ वितरण गरिए पनि त्यो रिङसमेत उपयोगमा आउन सकेको मलंगवा–८ का सुभाष गुप्ताले उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रमका लागि छुट्याइएको रकम दुरुपयोग गर्न झुटा कागजात तयार गरिएको र केही व्यक्तिलाई वितरण गरिएको रिङ पनि गुणस्तरहिन रहेको उहाँको भनाइ थियो ।

समाजमा चेतनाको अभाव र नगरपालिकाको कमजोरीका कारण सदरमुकाम खुला दिसामुक्त हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख जग्गनाथ पुर्वेले बताउनुभयो । पहिलेदेखि नै मलंगवालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न चुनौती थियो ।

नयाँ संरचनानुसार अझ चार गाविस थपिँदा झन समस्या भएको उहाँको भनाइ थियो ।जिल्लाका अन्य स्थानीय निकाय खुला दिसामुक्त हुदाँ पनि सदरमुकाममा पछि परेकामा नगरवासी निराश छन् ।

खुला दिसामुक्तको रकम आफूले अनियमिता नगरेको तर १२ वटै वडालाई रू १० लाख देखि रू १५ लाखसम्म उक्त अभियानका लागि दिइएको नगर प्रमुख निरशल साहले बताउनुभयो ।

खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले उक्त नगरपालिकालाई खुला दिसामुक्त गराउनका लागि जोड दिँदा उहाँले यसका लागि ठूलो रकम बिनियोजन गरिएकाले आर्थिक वर्ष २०७४-०७५ भित्रै कार्यक्रम कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो तर समय सकिँदा पनि कार्यक्रम कार्यन्वनमा चासो दिइएन ।

जिल्लाका २० स्थानीय तहमध्ये १० स्थानीय तह खुला दिसामुक्त भईसकेका र १० वटा अझै घोषणा हुन बाँकीरहेकामा सदरमुकाम मलंगवासहित पाँच नगरपालिका र पाँच गाउँपालिका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्कली शरणार्थी प्रकरण :१० जना आइतवार छुट्ने, खाणको टुङ्गो तेस्रो न्यायाधीशले लगाउने

क्युबाका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको भेट

सम्बन्धित

भारतमा युवती बेच्ने महिला पक्राउ

क्युबाका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको भेट

टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश

मुस्लिम आयोगका अध्यक्ष मियाँलाई १० लाख धरौटीमा रिहा गर्न आदेश

भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

नक्कली शरणार्थी प्रकरण – हरिभक्त महर्जनलाई धरौटी जमानतमा छाड्न आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...