ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धग्रस्त क्षेत्र सुडानको पहाडी इलाकामा पहिरो, बीसको मृत्यु


bhawani desk

एजेन्सी  ,२८ भाद्र । सुडानको युद्धग्रस्त क्षेत्र डार्फरको पहाडी इलाकामा भारी वर्षापछि गएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको एक विद्रोही समूहले बुधबार जानकारी दिएको छ ।

गत सेप्टेम्बर ७ मा डार्फरको जेबेल मार्रा क्षेत्रको पहाडी इलाकामा ठुल्ठूला ढुङ्गासहितको पहिरो झरेका कारण घरहरु पुरिएका र अरु कैयौं व्यक्ति पुरिएको आशङ्का गरिएको छ ।

डार्फरको जेबेल मर्रा क्षेत्र विद्रोही समूह ‘सुडान लिबरेसन आर्मी–अब्दुल वाहिद (एसएलए–एडब्लू)’ को नियन्त्रणमा रहेको छ । सोही कारण त्यहाँबाट स्वतन्त्र रुपमा सूचना प्राप्त गर्न पनि कठिन भएको अधिकारीहरुले बताएका छन् ।

शुरा परिषद्का महासचिव अमिन महमुद ओस्मानले खुला आकाशमुनि बस्न बाध्य मानिसहरुका लागि आश्रयस्थल उपलब्ध गराउन र हराइरहेका मानिसको खोजी गर्न राष्ट्रसङ्घ, गैर सरकारी संस्था एवं सुडान सरकार समक्ष आग्रह गर्नुभयो ।

सीमान्तकृत समुदायलाई बेवास्ता गरिएको आरोपमा सन् २००३ बाट डार्फरमा सुडान सरकारको विरोधमा विद्रोह सुरु भएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानमा जारी पछिल्लो द्वन्द्वका कारण तीन लाखभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसैगरी यस द्वन्द्वमा परी २५ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

स्वतन्त्र अभियानको मापदण्ड : स्नातक अनिवार्य, ६८ वर्षमाथिलाई रोक

काठमाडौं, १८ असार । स्वतन्त्र उम्मेदवारी अभियान अन्तर्गतको उम्मेदवार हुन १३ बुँदे मापदण्ड तय गरिएको छ । स्वतन्त्र उम्मेद्वारहरुको प्रथम राष्ट्रिय विशेष भेलामा अभियानका संयोजक

दुइवटा रनवेसहितको सुविधासम्पन्न विमानस्थल बनाउने प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं, १८ असार ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताउनुभएको छ । शनिबार निजगढस्थित ’अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को निरीक्षणमा जानुभएका देउवाले सुविधासम्पन्न

विमानस्थलको निरीक्षण गर्न प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा

काठमाडौं, १८ असार । प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुग्नुभएको छ ।  प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका

सम्बन्धित

ढलको पानीबाट बियर, उपभोक्ता भन्छन्– पिउन कुनै आपत्ति छैन्

भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले दिए राजीनामा

भारतको नैनितालको स्कुलमा नेपाली विद्यार्थीको मृत्युको घटनामा प्रिन्सिपल र वार्डेनलाई कैद सजाय

जी–सेभेनद्वारा रूसलाई ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी अन्त्य गर्न आग्रह

युद्ध अपराधमा सलंग्न रहेको अभियोगमा १०१ वर्षीयलाई ५ वर्ष जेल 

टेक्सासमा लरी भित्र कम्तिमा ४० जना आप्रवासी मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...