ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरियाली कम्पनीसँग भरतपुर महानगरको सम्झौता


bhawani desk
भाद्र २८, २०७५ बिहीबार  ४ : ०९ बजे

चितवन, ,२८ भाद्र । भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापन गुरुयोजना निर्माणका लागि कोरियाली संस्थासँग आज यहाँ सम्झौता सम्पन्न भएको छ ।

कोरियाली सरकारको मातहतमाको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पाेरेशनसँग सम्झौता भएको हो । सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख रेणु दाहाल र कर्पाेरेशनका तर्फबाट अध्यक्ष सियो जु वनले हस्ताक्षर गर्नुभयो । सम्झौतापत्रमा एक वर्षभित्रमा महानगरको फोहरको अवस्था अध्ययन गरी फोहर फाल्ने क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने उल्लेख छ ।

फोहरको प्रकृति, मौसमअनुसारको फोहरको अवस्था र त्यसको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरिने छ । अध्ययनका लागि रु सात करोड खर्च हुने र सो रकम कोरियाली सरकारले व्यहोर्ने जनाइएको छ ।

सो अवसरमा महानगरपालिकाका प्रमुख रेणु दाहालले चितवनसहित छिमेकी जिल्लाको फोहर व्यवस्थापन गर्नसक्ने गरी विस्तृत अध्ययन गरिने बताउनुभयो ।

कर्पाेरेशनका अध्यक्ष वनले हाल सो संस्थाले विभिन्न देशका दुई करोड ५० लाख जनसङ्ख्याको फोहर व्यवस्थापन गरिरहेको बताउनुभयो । अध्ययनपछि फोहर व्यवस्थापनका लागि कोरियाली सरकारले सहयोग गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि सो संस्थासँग सन् २०१८ को जनवरी र मे मा छलफलपछि आज सम्झौता भएको हो । भरतपुर महानगरपालिकामा दैनिक ६५ टन फोहर सङ्कलन हुने गर्दछ । निजी क्षेत्र र महानगरले त्यसको व्यवस्थापन गर्दै आएको छ । महानगरपालिकाको वडा नं १ देखि ५ र ७ देखि १२ सम्म निजी क्षेत्रले र बाँकी सबै क्षेत्रको फोहर महानगरपालिकाले सङ्कलन गर्दै आएको छ । महानगरमा २९ वडा छन् ।

हाल महानगरपालिका–३ स्थित नारायणी नदी किनारमा फोहर व्यवस्थापन गरिँदै आएको छ । दीर्घकालीनरुपमा यसको व्यवस्थापन गर्न महानगरपालिका–११ स्थित जलदेवी सामुदायिक वनमा १५ बिगाहा जग्गा छुट्याइएको छ ।

महानगरले वनलाई क्षतिपूर्तिबापत जिल्लाको माडी नगरपालिकामा जग्गा खरीद गरी वृक्षरोपण गरेको छ ।

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, नेकपाका केन्द्रीय सदस्य ईश्वरी भट्टराई, नेपाली काङ्ग्रेसका सभापति जीतनारायण श्रेष्ठ, महानगरका उपप्रमुख पार्वती शाह, कोरियाली कम्पनी प्रतिनिधि, वडाअध्यक्षहरुलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com