ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यालिफोर्नियामा गोली चल्यो, पाँच जनाको हत्या


bhawani desk

एजेन्सी,२८ भाद्र । अमेरिकाको क्यानिफोर्नियामा एकजना बन्धुकधारीले जथाभावी गोली चलाएर बुधबार पाँच जनाको हत्या गरेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिले आफ्नै श्रीमतीको पनि हत्या गरी आत्महत्या गरेका छन् ।

क्यालिफोर्नियाको बेकर्सफिल्डमा भएको गोलीकाण्डलाई प्रहरीले घरेलु हिंसाको रुपमा व्याख्या गरेको छ । कर्न काउन्टीका प्रहरी अधिकृत मार्क किङले अपराह्न ५.१५ बजे गोली चलेको खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको जानकारी दिनुभयो ।

हत्यामा संलग्न व्यक्तिले ट्रक व्यवसायीको हत्या गरेपछि श्रीमतीको हत्या गरेका थिए । उक्त गोलीकाण्डका प्रत्यक्षदर्शीलाई पनि ती व्यक्तिले लखेट्दै हत्या गरेका थिए । गोली लागेर तीन जना पुरुष र दुई जना महिलाको ज्यान गएको छ । प्रहरीले पीडितहरुको नाम सार्वजनिक गरेको छैन ।

बन्दुकसँग सम्बन्धित हिंसाका घटना दिनहुँ भइरहने अमेरिकामा यो पछिल्लो गोलीकाण्ड हो । पछिल्लो अध्ययनमा अमेरिकाको जनसंख्या विश्वको कूल जनसंख्याको करिब चार प्रतिशत मात्र छ तर करिब ४० प्रतिशत बन्दुक अमेरिकी जनताका हातमा छ ।

स्मल आम्र्स सर्भेका अनुसार, नागरिकका हातमा विश्वभर करिब ८५ करोड ७० लाख बन्दुक छ र त्यसमध्ये ३९ करोड ३० लाख थान बन्दुक अमेरिकी नागरिकसँग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com