ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षा नहुँदा बैंक स्थापनामा ढिलाइ


bhawani desk
भाद्र २८, २०७५ बिहीबार   १० : ५२   बजे

 बैतडी, २८  भाद्र । सुरक्षा व्यवस्था हुन नसक्दा जिल्लाका दुई स्थानीय तहमा अझैसम्म बैंक स्थापना हुनसकेका छैनन् ।

जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकामा सुरक्षा अभावका कारण बैंक स्थापना हुन नसकेको हो । गाउँपालिका केन्द्र रहेको सुल्लेखानमा प्रहरी चौकी नहुँदा यसअघि नै नेपाल एसबिआइ बैंकको स्थापना हुने भनिए पनि सुरक्षाका कारण हुन नसकेको उक्त गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिनुभयो ।

गाउँपालिकामा सुरक्षा आवश्यक परेमा मेलौलीबाट ल्याउनुपरेको छ, उहाँले भन्नुभयो, “बैंकले सुरक्षा व्यवस्था भएको दिनदेखि नै शाखा आउने भनेको छ” अबको एक महिनाभित्रै शाखा स्थापना गर्ने गरी सुरक्षा व्यवस्थाको प्रबन्ध भइरहेको छ ।

प्रहरी चौकी स्थापनाका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले शिवनाथमा प्रहरी चौकी स्थापना गर्ने विषय जिल्ला सुरक्षा समितिबाट पारित भइसकेको बताउनुभयो ।

उक्त गाउँपालिकाको शर्माली बजारमा प्रहरी चौकी भए पनि त्यहाँबाट गाउँपालिकाको केन्द्र सुल्लेखान पुग्न चार घण्टा लाग्छ । सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्न आवश्यक छ, उहाँले भन्नुभयो, “प्रहरी चौकी स्थापनाका लागी माथिको आदेश चाहिन्छ , यसका लागि हामीले सिफारिस गरेर ७ नं प्रदेश प्रहरी कार्यालयमा पठाएका छौँ ।” उक्त गाउँपालिकामा १५ दिनभित्रै प्रहरी चौकीको स्थापना हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै जिल्लाको दुर्गम सिगासमा पनि बैंकका शाखा स्थापना हुनसकेको छैनन् । विद्युत्, सडक, इन्टरनेट नहुँदा बैंक स्थापना हुन नसकेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो ।

गत महिना कृषि विकास बैंक स्थापनाका लागि तयारी भए पनि विभिन्न समस्याका कारण स्थापना हुन नसकेको गुनासो गर्दै उहाँले भन्नुभयो, “विद्युत्, इन्टरनेटको प्रबन्ध भइरहेकाले अबका केही दिनमै बैंकले पनि सेवा दिन्छ ।”

सदरमुकाम धाउनुपर्ने बाध्यता

सरकारले विसं २०७४ साउनमै देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने भने पनि ती दुई गाउँपालिकामा अझैसम्म बैङ्कका शाखा स्थापना नभएकाले त्यहाँका क्षेत्रका नागरिक सदरमुकाम धाउन बाध्य छन् । बैंक नहुँदा आफूहरूले सास्तीे भोग्दै आएको शिवनाथका वीरेन्द्र महताले बताउनुभयो । गाउँमा बैंक नहुँदा समस्या भएको छ उहाँले भन्नुभयो, “सानो बंैंकिङ कारोबारलाई पनि सदरमुकाम पुग्नुपर्छ ।”

उक्त गाउँपालिकाका उपाध्यष चन्दले े भन्नुभयो, “बैंक स्थापनाका लागि कुरा अगाडि बढिसकेको छ” गत वर्ष पनि बैंक नहुँदा सम्पन्न भएका विभिन्न योजनाका भुक्तानीमा ढिलाइ भएको थियो ।

यस्तै समस्या सिगास गाउँपालिकामा पनि भएको स्थानीयवासी पद्म साउदले बताउनुभयो । बैंकिङ कारोबारकै लागि रु एक हजारभन्दा बढी खर्च गरेर डडेल्धुरा तथा सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।

गत महिनामै कृषि विकास बैंक स्थापनाका लागि तयारी भए पनि विभिन्न समस्याका कारणले स्थापना हुन नसकेको गाउँपािलका उपाध्यक्ष द्रोपति चन्दले बताउनुभयो ।

आठ स्थानीय तहमा बैंक

जिल्लाका १० स्थानीय तहमध्ये आठमा यसअघि विभिन्न बैंकका शाखा स्थापना भइसकेका छन् । सिगास र शिवनाथ गाउँपालिकाबाहेकका स्थानीय तहमा विभिन्न बैंकका शाखा स्थापना भइसकेका हुन् ।

पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आइएमइ बैंक, डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंक, पञ्चेश्वरमा नोबेल बैंक र मेलौलीमा एनसीसी बैंकका शाखा स्थापना भइसकेका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा वाणिज्य बैंकलगायत शाखा छन् भने पाटन नगरपालिकामा कृषि विकास बैंकलगायत अन्य शाखा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group