ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्नी वियोगमा परेका नवाज शरिफ केही दिनका लागि जेलमुक्त


abc

इस्लामावाद, २८ भाद्र ।  भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ । शरिफकी पत्नी कुलसूम नवाजको मङ्गलबार लन्डनमा अर्बुध रोगका कारण निधन भएको थियो ।

कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरिफ र उहाँकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको छ । पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि उहाँ पाकिस्तान फर्कनुभएको थियो ।

शरिफ र उहाँकी छोरी मरयामलाई हवाई जहाजमा राखेर लाहोर पु¥याइएको छ । कुलसूमको दाहसंस्कार लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जनाएको छ ।

उनीहरु दुबैलाई १२ घण्टाका लागि छाडिएको भए पनि गृह मन्त्रालयले उनीहरुको जमानतको अवधि बढाउन सक्ने रावलपिन्डी केन्द्रीय कारागारका एक अधिकारीले बताउनुभयो । स्थानीय सञ्चार माध्यमले दाहसंस्कार शुक्रबार मात्र गरिने बताएका छन् ।

राजनीतिमा पनि सक्रिय ६८ वर्षीया कुलसूमले नवाज शरिफको राजनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँलाई क्यान्सर भएको गत वर्ष अगस्टमा पत्ता लागेको थियो । महिनौंदेखि लन्डनस्थित एक निजी अस्पतालमा उहाँको उपचार भइरहेको थियो ।

नवाज शरिफ विरुद्ध तीव्र प्रचार गरेर चर्चामा आउनुभएका प्रधानमन्त्री इमरान खानले कुलसूमको निधनप्रति दुःख प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले बजेट बनाउनेदेखि चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाइएको शेखर पक्षको निस्कर्ष

काठमाडौं, १७ असार । नेपाली काँग्रेस नेता डा. शेखर कोईराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप

काठमाडौंमा ठेलामा मकै बेच्नेमाथि नगर प्रहरीको लछारपछार (भिडियोसहित)

काठमाडौं, १७ असार ।  काठमाडौंको बालुवाटारमा फुटपाथमा मकै बेच्ने एक महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेको छ । आज शुक्रवार दिउँसो मकै बेच्ने महिलामाथि बालुवाटारमा काठमाडौं

तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधनको प्रयास नगरौं : कानुनमन्त्री

काठमाडौं, असार १७ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्ने प्रयास नगर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

सम्बन्धित

ढलको पानीबाट बियर, उपभोक्ता भन्छन्– पिउन कुनै आपत्ति छैन्

भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले दिए राजीनामा

भारतको नैनितालको स्कुलमा नेपाली विद्यार्थीको मृत्युको घटनामा प्रिन्सिपल र वार्डेनलाई कैद सजाय

जी–सेभेनद्वारा रूसलाई ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी अन्त्य गर्न आग्रह

युद्ध अपराधमा सलंग्न रहेको अभियोगमा १०१ वर्षीयलाई ५ वर्ष जेल 

टेक्सासमा लरी भित्र कम्तिमा ४० जना आप्रवासी मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...