ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी जग्गामै रोक लगाएपछि निर्माणमा अवरुद्ध


bhawani desk
भाद्र २६, २०७५ मंगलबार   ३ : १४   बजे

काठमाडौं,२६ भाद्र । रोक लगाइएको पाँच महिना बितिसक्दा समेत नक्शा पास गर्नका लागि प्रक्रियामा नआउँदा नेपाल खाद्य संस्थानको व्यापारिक भवन निर्माण अवरुद्ध भएको छ ।

संस्थानको भद्रकालीस्थित सात रोपनी जग्गामा व्यावसायिक भवन नक्शा पास नै नगरी नियम विपरीत निर्माण गरेको पाएपछि काठमाडौँ महानगरपालिकाले गत वैशाखमा तत्काल निर्माण रोकी नक्शा पास गर्न भनेको थियो । कामपाले रोक लगाएको धेरै समय बितिसक्दा सम्म नक्शा बनाउने प्रक्रियामा समेत संस्थान नआएकाले निर्माणको काम हुन नसकेको कामपा वडा नम्बर ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले राससलाई जानकारी दिनुभयो ।

नक्शा मात्रै होइन संस्थानले कामपालाई पाँच वर्षदेखिको बक्यौतासमेत तिर्नुपर्ने बताइएको छ । संस्थानले कामपालाई रु सात करोड कर शीर्षकको बक्यौता रकम तिर्न र सम्बन्धित वडामा निर्माणका लागि नक्शा स्वीकृत गर्न कामपाले संस्थानलाई आग्रह गरिसकेको छ । संस्थानले भने आफूहरु नक्शा पासका लागि आउने जनाउँदै बक्यौता तिर्नका लागि भने आफूसँग रकम नभएको बताउँदै आएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ मा सरकारी वा निजी कार्यालयले भवन निर्माण गर्दा सम्बन्धित स्थानीय तहबाट अनिवार्य रुपमा नक्शा स्वीकृत गर्नुपर्ने व्यवस्था छ । नियम विपरीत निर्माण गरेकाले कामपाले निर्माणमा रोक लगाएको । तण्डुकारले बताउनुभयो । अहिले निर्माणमा रोक लगाइएको भवन संस्थान आफ्नै नभई व्यापारिक प्रयोजनका लागि अरूले नै निर्माण गरिरहेको भवन भएको बताइएको छ ।

वडाका सार्वजनिक जग्गा पहिचान

पछिल्लो समय कामपाले ३२ वटै वडामा रहेका सार्वजनिक जग्गाको पहिचान गर्न अग्रसरता देखाएको छ । खुला सार्वजनिक स्थानको पहिचान र संरक्षणको काम अघि बढाउन केही महिनाअघि कामपा प्रमुख विद्यासुन्दर शाक्यले सबै वडाध्यक्षलाई निर्देशन दिइसक्नुभएको थियो ।

प्रमुखको निर्देशनानुसार हालसम्ममा कामपा वडा नम्बर ११ मा आठ रोपनी जग्गा र अन्य तीन वडामा केही जग्गा पत्ता लगाइएको छ । यसअघि व्यक्तिगत रुपमा प्रयोग भइरहेका ती जग्गामध्ये केहीमा ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्रसहित सबैका लागि प्रयोगमा ल्याउने कामपाको योजना छ ।

कामपामा हालसम्म् वडा नं ३, ६ र २९ मा रहेको सार्वजनिक जग्गाको पहिचान भइसकेको छ । वडा नं ३ मा १५ रोपनी, ६ मा १० रोपनी र २९ मा नौ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको कामपा, भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन वडाका जग्गालाई संरक्षण र सबैको पहुँचमा ल्याउन बगैँचा निर्माणका लागि डिजाइनको काम भइसकेको छ । कामपाले चालु आर्थिक वर्षमा सार्वजनिक जग्गा पहिचान र संरक्षण गर्न रु तीन करोड विनियोजन गरेको छ । थापाका अनुसार कामपाका सबै वडामा धेरै थोरै खुला सार्वजनिक जग्गा छ । ती सबै जग्गाको पहिचान गरी प्रयोगमा ल्याइने कामपाको योजना छ ।

यसअघि केही सार्वजनिक जग्गामा व्यक्तिगत व्यवसाय सञ्चालन हुँदै आएको थियो । कतै टहरा बनाएर नागरिकले जीवन गुजारिरहेका थिए । अब ती सबै सञ्चालन भइरहेका व्यवसाय र टहरा हटाई सामूहिक प्रयोगमा ल्याइने कामपाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group