ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्षीय बालकलाई मुट उपचारका लागि खर्चको अभाव


bhawani desk


काठमाडौं,२६ भाद्र । भूकम्प प्रभावित पाँच वर्षीय बालकलाई मुटुसम्बन्धी गम्भीर रोगले च्यापेपछि उपचारका लागि खर्चको अभाव भएको छ ।

भूकम्प अति प्रभावित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ प्यूघरका पाँच वर्षीय हिमाल तामाङ मुटुमा प्वाल परी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।

भूकम्पले घर भत्किएपछि तामाङकी आमा सेमसाङ तामाङको मानसिक सन्तुलन गुम्यो । हिमाल एक वर्षको हुँदै आमाको मानसिक सन्तुलन बिग्रिएपछि उनमा कुपोषणसमेत भयो । बाबु प्रेमबहादुर तामाङले उनीसहित एक दाजु र दिदीको पालनपोषण गर्दै आउनुभएको थियो । गत जेठ ८ गते प्रेमबहादुरको करेन्ट लागेर निधन भयो ।

अनाथ बनेपछि हिमाललाई स्थानीय मदर सिस्टर बालगृहले जिम्मा लिएको थियो । बालगृहकी अध्यक्ष मीना थापा हिमाललाई निमोनियाँको समस्या देखिएपछि उपचारका लागि काठमाडौँ ल्याउँदा कुपोषण, मुटुको समस्यालगायत रोग देखिएको बताउनुहुन्छ ।

अध्यक्ष थापाले भूकम्पले आमाबाबु गुमाउनेको सङ्ख्या बढी भएपछि उनीहरुको संरक्षण गर्न २०७२ सालमा बाल गृह स्थापना गरेकोमा हाल २५ जना भूकम्पले आमाबाबु गुमाइ अनाथ बनेका बालबालिका रहेको बताउनुभयो । “उनीहरुको खाने बस्ने एवं शिक्षा दीक्षाको व्यवस्था मिलाउन नै अप्ठ्यारो छ, सहयोग जुटाएर हिमालको उपचार गर्दै आएका थियौँ, मुटुको गम्भीर समस्या देखिएपछि सहयोगीको आशामा छौँ”–उहाँले भन्नुभयो ।

प्रेमबहादुरको मत्युअघि उनका भाइको पनि मृत्यु भएकाले दाजुभाइको किरिया गर्दा लागेको ऋणले परिवार उपचार खर्च जुटाउन नसक्ने अवस्थामा रहेको हिमालका काका सोमबहादुर तामाङले गुनासो गर्नुभयो ।

भदौ ११ गतेदेखि अस्पतालको बाल वार्ड ९०७ नं श्ययामा उपचाररत हिमाललाई बचाउन बालगृह र आफन्तले अनुरोध गरेका छन् । हिमालका दाजु र दिदीलाई भने आफन्तले संरक्षण दिँदै आएका छन् ।

हिमालको एक्स रे र भिडियो एक्स रे प्रतिवेदन अनुसार मुटु ठूलो भएकाले फाल्नुपर्ने जति रगत नफालेको उपचारमा संलग्न चिकित्सक विश्वनाथ साहले बताउनुभयो । रक्तचाप उच्च भएका तामाङलाई औषधिले पनि काम नगरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले उज्जैनमा १०८ केजी रुद्राक्ष चढाएर महाकालको दर्शन गरे

पाँच बुँदे रारा घोषणापत्रमा के छ ? (भिडियोसहित)

सम्बन्धित

व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छ महामन्त्री थापा

ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह

आगलागीको उच्च जोखिममा रहेका वडामा सुरक्षा जालो अभियान

दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज

केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?

पाँच बुँदे रारा घोषणापत्रमा के छ ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...