ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०१३ को विरोध प्रदर्शनमा संलग्न ७५ जनालाई शनिबार मृत्युदण्डको सजायँ


एबीसी न्यूज

 

काठमाडौं, २४, भाद्र । इजिप्टको अदालतले सन् २०१३ को विरोध प्रदर्शनमा संलग्न ७५ जनालाई शनिबार मृत्युदण्डको सजायँ सुनाएको छ ।

अदालतको यो निर्णय सन् २०१३ मा पूर्व राष्ट्रपति मोहम्मद मोरसीको समर्थमा भएको हिंस्रक प्रदर्शनका लागि सुनाएको हो । यसमा सात सय बढीलाई अभियुक्त बनाइएको थियो ।

सन् २०१३ मा इजिप्टको राजधानी काहिरामा प्रदर्शनको क्रममा सुरक्षाबलले कम्तीमा आठ सयको हत्या गरेका थिए ।

दर्जनौं मानिसहरुलाई आजिवन कारावासको सजायँ सुनाइएको छ । एम्नेस्टी इन्टरनेशनलले अदालतको यो निर्णयमा असुन्तुष्टि जनाएको छ । एम्नेस्टीका अनुसार यो हास्यास्पद निर्णय हो किनभने यसमा एकजना पुलिसलाई पनि सजायँ तोकिएको छैन ।

एम्नेस्टी इन्टरनेशनलका हुसैन बामीले भने, ‘अदालतमा अभियुक्तको पक्षमा सबै प्रत्यक्षदर्शी र प्रमाण पेश गर्न दिइएन । तर दोस्रो पक्षले जुन पनि प्रमाण अदालतमा ल्याइरहेका थिए त्यसलाई स्विकार गरिएको थियो । सबै ७५ को मृत्युदण्ड राजनीतिक रुपमा प्रेरित छ । यो निर्णयले वर्तमान सरकारविरुद्ध प्रदर्शन गर्नेहरुलाई यस्तै सजायँ दिइनेछ भनी जानकारी दिन खोजेको छ । यता सुरक्षाबललाई निकै सजिलै माफी दिइएको छ ।’

सन् २०१३ मा धेरैजसो प्रदर्शनकारी काहिराको राबा अल–अदविरा स्क्वेयरमा मारिएका थिए । उक्त प्रदर्शनकारी मोरसीका समर्थक र मुस्लिम ब्रदरहुडका सदस्य थिए । प्रदर्शनकारी अब्देल फतह अल–सिसीका सैन्य ‘कू’विरुद्ध मोरसीका समर्थकले प्रदर्शन गरिरहेका थिए । अल–सिसीले तीन जुलाई सन् २०१३ मा ‘कू’ गरेको थियो ।

अदालतले केही अभियुक्तलाई कम अवधीको सजायँ सुनाएको छ । सजायँ पाउनेहरुमा इस्लामिक नेता पनि समावेश छन् ।

फोटो जर्नलिस्ट महमूद अबु जैदलाई पनि पाँच वर्षको जेल सजायँ सुनाइएको छ जसले प्रदर्शनकारीहरुलाई तितरबितर बनाइरहेका सुरक्षाकर्मीको फोटो खिचेका थिए । उनलाई चाँडै नै जेलबाट रिहा गरिने अनुमान गरिएको छ किनभने मुद्धाको सुनुवाईमा नै उनले पाँच वर्ष जेलमा बिताइसकेका छन् ।

उनका भाइ महमूदले भने, ‘मलाई आशा छ कि हामी उनलाई चाँडै नै जेलबाट बाहिर निकाल्न सफल हुनेछौं । प्रक्रिया पूरा हुन समय लाग्नेछ । यसबारे हामी आफ्नो वकिलको सल्लाह अनुसार अगाडि बढ्नेछौं ।’

यो मामलामा सरकारले थुप्रै प्रदर्शनकारीसँग हतियार पनि थियो र झडपमा आठ पुलिसकर्मीको ज्यान पनि गएको बताएको छ । यद्यपी, यसअघि सरकारले प्रदर्शनमा ४० पुलिसकर्मीको ज्यान गएको बताएको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com