ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कठिन तर गर्व गर्न लायक एक दशक


admin

आज हाम्रो जन्मदिन । अनेकौं आरोह अवरोह पार गर्दै हामी सफलतापूर्वक एक दशकमा पुगेका छौं । गाउँ, सहर र दुनियाँ ब्युझाउने अभियानका साथ २०६५ भदौ १९ गतेबाट प्रशारण सुरु गरेको एबीसी टेलिभिजन आजबाट दशौं वर्षमा प्रवेश गरेको छ । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसाथ गर्दै वितेका ९ वर्षमा टेलिभिजनले २४ सै घण्टा समाचार र समाचारमूलक तथा विश्लेषणात्मक कार्यक्रमहरु प्रशारण गरिरहेको छ ।

गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी टेलिभिजन आज बाट १० औं बर्षमा प्रवेश गरेको छ । आज भन्दा ९ वर्ष अगाडि गाउँ, शहर र दुनियाँ बिउँझाउने अभियानका साथ भूउपग्रह प्रणाली मार्फत् एबीसी टेलिभिजनले प्रशारण सुरुआत गरेको थियो । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसाथ गर्दै एबीसी टेलिभिजनले २४ सै घण्टा समाचार र समाचारमूलक कार्यक्रमहरु प्रशारण गरिरहेको छ । २०६४ साल माघ २० गते सूचना तथा सञ्चार मन्त्रालयबाट प्रशारणको अनुमति पाएको एबीसी टेलिभिजन हाल संसारका एक सयभन्दा बढी देशमा हेर्न सकिन्छ । टेलिभिजनलाई अहिले संसारभरका दर्शकले इन्टरनेटमा समेत हेर्न सक्ने सुविधा प्राप्त छ । एबीसी नेपाल डट टीभी लगअन गरेपछि देश दुनियाका दैनिक गतिविधिदेखि टेलिभिजनको प्रत्यक्ष प्रसारणका लाइभ कार्यक्रमसमेत हेर्न पाइन्छ भने मन परेका कार्यक्रमको रेकर्ड समेत हेर्ने व्यवस्था मिलाइएको छ ।

टेलिभिजनको शुरुवाती यात्रा सहज भएपनि त्यसपछिको यात्रा भने संघर्षमय रहेको छ । दैनिक १८ घण्टासम्म पुगेको लोडसेडिङले भने यात्रामा चुनौती थपिएको थियो । लोडसेड्रिको समस्या भने अहिले निकै न्यून भएको छ । टेलिभिजनको यात्रा आधा दशक भन्दा अघि बढ्दै जाँदा यसप्रति आम दर्शकको माया र सद्भाव झन पछि झन बढ्दै गयो ।

विभिन्न चुनौतीको सामना गर्दै एबीसी टेलिभिजनले सबै क्षेत्रका ब्यक्तिहरुबिच आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । प्रशारणको दशौंैं वर्ष प्रवेश गर्दा हाम्रा दशर्कको दायरा पनि विस्तार भएको छ । एबीसी टेलिभिजनले प्रसारणको नवौंैं वर्षको अवधिमा आफुलाई फरक समाचार च्यानल तथा लाइभ टेलिभिजनको रुपमा स्थापित गर्न सफल भएको छ । बितेको ९ बर्षमा एबीसी टेलिभिनजले अल्वेज फस्ट अल्वेज फास्टको सिद्धान्त अनुरुप छिटो र सही समाचार सम्प्रेषण गर्न अभ्यासरत रह्यो । बिश्वका बिभिन्न क्षेत्रका बिभिन्न घटनालाई सधैंभरि यसले आफ्नो क्यामेरामा कैद गरि दर्शकसामु प्रस्तुत गर्न सफल बन्यो । एबीसी टेलिभिजनले सबै सामाचारलाई सधै समाचारको रुपमा मात्र प्रसारण गरेन जवकी सबै समाचारहरुको गहिरो बिश्लेषण गर्दै जनताको घरघरमा पुराउन सफल बन्यो । त्यसैले हामी चुनौतीका बीच पनि अटल छौं । हाम्रो यात्रा जारी छ ।

टेलिभिजनमा सुरु देखि रहेका उत्कृष्ठ समाचार तथा समाचारमूलक कार्यक्रमहरुलाई हामीले यसपाला पनि निरन्तरता दिंदैछौं । हाम्रा १४ वटा समाचार बुलेटिन प्रत्येक पलपलको घटनाक्रमसंग नजिक रहे । शनिवारबाहेक हरेक दिन राति ९ बजे प्रशारण हुने अपरेशन विग न्यूजले समाजको व्यतिथि, विसंगतिमाथि तिखो र विश्लेषणात्मक प्रहार गरिरहेको छ । आलोचनात्मक चेतसहितको विश्लेषणले यो कार्यक्रमले पृथक भूमिका खेल्न सफल भैरहेको छ । दैनिक सांझ ७ बजे विज्ञापनरहित समाचारको प्याकेज हट न्यूज एक्सप्रेसले दर्शकमा इन्स्ट्यान्ट प्रभाव पारेकै कारण आज हामी यो स्थानसम्म आइपुग्न सफल भएका छौं ।

हाम्रा समाचारले राजधानीलाई मात्र सम्बोधन गर्दैनन् । त्यो भन्दा बढी दुरदराजका घटनाक्रममा निगरानी गरिरहेका हुन्छन् । व्यूरो रिपोर्टरले यो भूमिका अनवरत निर्वाह गरिरहेको छ । राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विश्लेषणसहितको आउटलुक एबीसीको ब्राण्डका रुपमा स्थापित अन्तवार्ता कार्यक्रम बन्न सफल भएको छ । भने दैनिक रुपमा प्रसारण गरिने एबीसी वाच र स्ट्रेटटकले दैनिक घटनामा केन्द्रित रहेर विश्लेषण गर्ने काम गरेको छ । यतिमात्र होइन, हरेक आइतवार प्रशारण हुने समय चक्रले समसामयिक विषयमा जनतासंग जोडिएका सरोकारका प्रत्येक विषयलाई गम्भीरतापूर्व उठाउन सफल भएको छ । हामीले प्रसारण गर्ने कुनै पनि समाचार र समाचारमूलक कार्यक्रमहरु स्तरीय छन् भन्नेमा हाम्रो दावी सर्धै रहिरहनेछ । हरेक विहान ८:३० बजे प्रशारण हुने क्रस चेक होस या फिल्मी दुनियाको फिल्मी फेल्म, शिक्षा सम्बन्धी जानकारी होस या शेयर बजारको उतार चढाव होस यी सबै दिशातिर भूमिका निर्वाह गर्ने काम एबीसीले गरिरहेको छ । नेपाली टेलिभिजनकै इतिहासमा शेयर बजार सम्बन्धी कार्यक्रममा हामी पायोनियर बन्न पाउंदा हामी आफै गौरवान्वित छौं । आम सर्वसाधारणलाई स्वास्थ रहन सचेतना फैलाउने कार्यक्रम आवर हेल्थले स्वास्थ्य क्षेत्रमा एउटा छुटै पहिचान बनाउन सफल भएको छ ।

पछिल्लो दिनमा लोकप्रिय बन्दै गएका कार्यक्रम नेपाली समाजमा सबैभन्दा पछि पारिएका दलित समुदायको आवाज समेटिएको दलितका आवाज र जनजातिका आवाजलाई समेट्ने समावेशी सवालले हाम्रो अभियान निरन्तर जारी राख्न मद्दत गरेका छन् । एबीसी इन्द्रणीको घिन्ताङ घिन्ताङ संगीतप्रेमी जनसमुदायको धडकन बन्दा मनोरञ्जन सम्बन्धी कार्यक्रम अप विट र फिल्मी फ्ेल्म ले टेलिभिजनमा नयाँ भुमिका बनाउन सफल भएको छ । दैनिक रुपमा बिहान प्रसारण गरिने धार्मिक कार्यक्रम ज्योतिष दर्पणले धर्म संस्कृतिको संरक्षण गर्न पनि मद्दत पुऱ्याएको छ । आफ्नो मुल मन्त्रअनुसार नै तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय समाचार सम्पं्रेषण गर्नु एबीसी टेलिभिजनको मुख्य विशेषता हो, यही मन्त्रको निरन्तरताको कारण एबीसी टेलिभिजनले टेलिभिजन च्यानलहरुमा अलग परिचय बनाउन सफल भएको छ । यो परिचयलाई कायम राख्दै अझ फरक ढंगबाट आफ्ना प्रस्तुतिहरु तपाई दर्शकसामु पस्कने हाम्रो प्रयास जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com