ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतीय यातायातका साधनबारे नीति बन्दै : मोदी


एबीसी न्यूज
भाद्र २३, २०७५ शनिबार   ८ : ४०   बजे

नयाँ दिल्ली, भारत  २३ भाद्र । गतिशीलता आर्थिक विकासको महत्वपूर्ण संवाहक भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले छिट्टै विद्युतीय तथा यातायातका लागि वैकल्पिक इन्धनबारे नीति ल्याउने बताउनुभयो ।
‘मुभ ग्लोबल मोविलिटी समिट’ लाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्रीले भन्नुभयो, हामीले छिट्टै विद्युतीय गाडीका लागि स्थिर खालको नीति ल्याउने बताउनुभयो । हाम्रा धरोहर र आगामी सन्ततिप्रतिको प्रतिवद्धता भएकाले त्यसका लागि आफ्नो सरकार प्रतिवद्ध रहेको उहाँको भनाई थियो ।
अन्य मुलुकमाजस्तो प्रतिव्यक्ति गाडी सङ्ख्या कम रहेकोले भारतसँग प्राकृतिक शक्ति र तुलनात्मक रूपमा सुअवसर रहेको छ ।
उहाँले भन्नुभयो, “गतिशीलता आर्थिक विकासको मुख्य संवाहक हो । राम्रो परिवर्तनले यात्रु र यातायातको भारलाई कम गर्छ र अर्थतन्त्रलाई वढावा दिन्छ । यसले नयाँ पिँडीलाई रोजगारीका अवसर सिर्जना गर्छ ।”
भारतीय प्रधानमन्त्रीले भन्नुभयो, “वास्तवमा भारत चलायमान छ । भारतीय अर्थतन्त्र चलायमान छ । हामी विश्वमा शीघ्र आर्थिक वृद्धिका लागि नमूना राष्ट्र बन्न सफल भएका छौँ । हाम्रा शहर र बजारमा वृद्धि छ । हामीले शीघ्र गतिमा सडक, विमानस्थल, रेलमार्ग र बन्दगाह निर्माण गरिरहेका छौँ ।”
उहाँले भारतमा गत बर्ष उल्लेखनीय मात्रामा सामान तथा सेवाकरमा वृद्धि आएको र सामानको बजार कायम भएको बताउनुभयो ।
प्रधानमन्त्री मोदीले साझा, जोडिएका, विश्वशनीय, भीडभाडरहित, सफाईजस्ता भारतीय विकासका लागि आफ्नो दृष्टिकोणलाई उक्त अवसरमा सार्वजनिक गर्नुभएको थियो ।
शुक्रबार भएको कार्यक्रममा विश्वभरबाट करिब २०० विज्ञहरूले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group