ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इडलीबको भविश्यबारे तेहरानमा शिखर बैठक


bhawani desk

एजेन्सी,२२ भाद्र । सिरियाको इडलिबमा जारी द्वन्द्वको अन्त्य गरी त्यहाँ रहेका नागरिकको भविश्य सुरक्षित गर्ने उद्देश्यले इरानको राजधानी तेहरानमा शुक्रबार शिखर बैठक शुरु हुदैछ ।

उक्त शिखर बैठक इरान, रसिया र टर्कीका राष्ट्रपतिहरुबीच हुने बताइएको छ । यस बैठकका लागि ती नेताहरुले सहमति जनाइसक्नुभएको छ र उहाँहरु शुक्रबार तेहरान पुग्दै हुनुहुन्छ ।

यस शिखर बैठकले सिरियाको इडलीब प्रान्तमा गएको करिब दुई वर्षदेखि कब्जा जमाउँदै आएका बिद्रोही र उनीहरुको कब्जामा रहेका सिरियाका अरु सर्वसाधारण नागरिकको बारेमा छलफल गरी आवश्यक रणनीति बनाउने बुझिएको छ ।

तेहरानबाट शुक्रबार प्राप्त समाचारमा उक्त प्रान्तमा रहेका लडाकू र उनीहरुको नियन्त्रणमा रहेका रहेका नागरिकको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।
इरानी राष्ट्रपति हसन रौहानीले उहाँका टर्कीस् समकक्षी रिसेप तैयप एर्दाेगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शुक्रबार तेहरानमा स्वागत गर्दै हुनुहुन्छ । उहाँहरुको बैठक शुक्रबार अपरान्ह् शुरु हुदैछ ।
उक्त शहरमा बिहीबार पनि सरकारी सेनाले कैयौँ नागरिकलाई लखेटेको थियो । सरकारी सेनाले इडलिबको छेउछाउबाट आक्रमण थालेको छ । त्यस क्रममा हिजो ती नागरिक भागेका बताइएको छ ।

रुसको सहयोगमा सिरियाली सेनाले इडलीबमा आक्रमण गर्ने बताउँदै आएको छ । उक्त आक्रमणको तयारी भइरहेको पनि बुझिएको छ । यसै समयमा यो शिखर बैठक बस्न लागेको छ ।

सिरियामा गएको करिब सात वर्षदेखि सिरियाली विद्रोहीका कारण गृहयुद्ध मच्चिएको छ । ती विद्रोहीले पनि इडलिबलाई मुख्य अखडा बनाएका छन् । सन् २०१५ देखि त उनीहरुले उक्त शहर कब्जा नै गरेका थिए ।

इडलीबमा अहिलेकै अवस्थामा आक्रमण हुदा ठूलो मानवीय क्षति हुने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसंघ लगायतका संघ संस्थाहरुले पनि यहाँ हवाई आक्रमण नगर्न भनेका छन् ।

यहाँका विद्रोहीलाई टर्कीको समर्थन रही आएको छ । त्यस्तै सरकारी सेनालाई छिमेकी रुस र इरानको समर्थन छ । त्यसैले पनि अहिलेकै अवस्थामा आक्रमण गरी उक्त शहरमा कब्जा गर्ने प्रयत्न सरकारी सेनाले गर्ने हो भने ठूलो मानवीय क्षति हुनसक्ने अनुमान सर्वत्र गरिएको छ ।

सन् २०१५ मा कब्जा गरिएको इडलीब र त्यस वरपरका इलाकामा मात्र करिब ३० लाख मानिस बस्छन् । तीमध्ये आधाजति नागरिक सिरियाका अन्य क्षेत्रबाट विस्थापित भएर आएका हुन् ।

विगतमा टर्की सरकारले सहायता दिएकोले यहाँ विद्रोहीको सङ्ख्या बढेको बताइएको छ । इडलीबको सीमा टर्कीसँग जोडिएको छ । त्यसैले पनि यहाँ टर्कीले सैनिक जाँच चौकी समेत स्थापना गरेको छ ।

सिरियामा गृहयुद्ध जारी छ । सातवर्षसम्म यहाँ चलेको यस युद्धका कारण हालसम्म ३ लाख ५० हजार भन्दा बढीको ज्यान गइसकेको छ । यस युद्धका कारण एक करोड १० लाख मानिस विस्थापित छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com