ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी रक्षामन्त्री म्याटीस एकाएक अफगानिस्तान भ्रमणमा


bhawani desk

एजेन्सी,२२ भाद्र ।अमेरिकी रक्षामन्त्री जीम म्याटीस युद्धग्रस्त अफगानिस्तानको भ्रमणका क्रममा शुक्रबार पूर्व जानकारी बेगर काबुल पुग्नुभएको छ ।

अफगानिस्तानका सशस्त्र लडाकू समूह तालिबानलाई वार्तामा ल्याउने प्रयत्न भइरहेको समयमा म्याटीस अफगानिस्तानमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अफगानिस्तानम रहँदा उहाँले राष्ट्रपति अस्राफ घानी तथा अफगानिस्तानमा तैनाथ अमेरिकी तथा नेटो सेनाका संयुक्त नयाँ अमेरिकी कमान्डर जनरल स्कट मिलरसँग भेटघाट गर्नुहुनेछ । हालैका महिनामा म्याटीसको यो दोस्रो अफगानिस्तान भ्रमण हो ।

अफगानिस्तानकै सबैभन्दा शक्तिशाली लडाकू समूह तालिबान विरुद्ध अफगानी वा अमेरिकी नेतृत्वको सेनाले गरिरहेको सैनिक कारबाही प्रभावकारी नभएको सर्वत्र महसुस गरिएको छ ।

अफगानी र अन्य अन्तर्राष्ट्रिय समुदायले अफगान शान्ति प्रक्रियाका बारेमा तालिबानसँग वार्ता र संवादको प्रयास पनि गरिरहेका छन् ।

जुलाईमा कतारमा अमेरिकी अधिकारी र तालिबानका प्रतिनिधिबीच भएका वार्ताहरुले लडाइँमा पूर्णविराम ल्याउने र सम्झौता हुने अपेक्षा बढेको छ । यहि सन्दर्भमा गत महिना राष्ट्रपति घानीले एकतर्फी युद्धविराम घोषणा गर्नुभएको थियो ।

अगष्ट २०१७ मा ट्रम्प प्रशासनले अफगानिस्तानमा अमेरिकी सेनाको संख्या बढाउने घोषणा गरेपछि विवाद अझ चुलिएको थियो । तालिबानलाई वार्ताको टेबलमा ल्याउन सँगसँगै नयाँ प्रयत्नहरु पनि जारी छन् ।

तर अफगानिस्तानको शान्ति प्रक्रियामा भइरहेका विलम्बबाट अमेरिकी राष्ट्रपति चिन्तित हुनुहुन्छ । उहाँले अमेरिकी कूटनीतिज्ञ र अरु अधिकारीहरुलाई वार्ता प्रक्रियालाई तिब्रता दिन आग्रह गरिरहनुभएको छ ।

तालिबान समूहले अमेरिकासँग सोझो वार्ता गर्नुपर्ने माग लामो समयदेखि गरिरहेका छन् र उनीहरुले अफगान सरकारसँग वार्ता गर्न अस्वीकार गरिआएका छन् । तालिबानले अफगान सरकारलाई अबैधानिक मान्दछ ।

अमेरिका र तालिबान प्रतिनिधिबीच यसै महिना अर्को बैठक हुने अनुमानहरु पनि गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com