ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वी अफगानिस्तानमा अमेरिकी सैनिक मारिए


एबीसी न्यूज

एजेन्सी,  १९ भाद्र । पूर्वी अफगानिस्तानमा सोमबार अमेरिकाआवद्ध नेटो संयुक्त बलका एक अमेरिकी सेनाको आन्तरिक आक्रमणमा परी मृत्यु भएको संयुक्त गठबन्धन सेनाले मङ्गलबार जानकारी दिएको छ ।

‘अफगानिस्तान मिसन’ मा स्वयमसेवीको रुपमा कार्यरत आफ्ना सदस्यले ज्यान गुमाएको रेसोलुट सपोर्ट (आएएस) का कमाण्डर जनरल स्कट मिलरले संयुक्त गठबन्धनका तर्फबाट जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानमा यस वर्ष हालसम्म छ जना अमेरिकी सेनाले आन्तरिक आक्रमणमा ज्यान गुमाएका छन् । विज्ञप्तिमा सोही घटनामा घाइते भएका अर्का नेटो सैनिकको अवस्था स्थिर रहेको जनाइएको छ ।

गठबन्धन सेनाविरुद्ध यस प्रकार भइरहेका आन्तरिक आक्रमणहरुको तालिबान आतङ्ककारी समूहले जिम्मेबारी लिँदै आएकोछ ।

गत जुलाई ७ मा अफगानिसतानको दक्षिणी प्रान्त उरुज्गानमा भएको एक यस्तै आक्रमणमा एक अमेरिकी सैनिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका थिए ।

सन् २०१४ को डिसेम्बरको अन्त्यबाट नै अफगानिस्तानमा रहेका नेटो सेनाले प्रत्यक्ष युद्धबाट आफूहरु अलग रहने घोषणा गरेका थिए । अफगानिस्तानमा करिब १३ वर्षसम्म अमेरिकी नेतृत्वको नेटो सेनाले प्रत्यक्ष युद्ध लडेको थियो ।

यद्यपी करिब १६ हजार विदेशी सेना अझै पनि अफगानिस्तानमा तैनाथ छन् । ती सेनाले अफगान सुरक्षाकर्मीलाई तालिम, परामर्श र आतङ्ककारीसँगको युद्धमा अप्रत्यक्ष सहायता गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com