ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानका विदेशमन्त्री मोहम्मद अकस्मात सिरियामा


bhawani desk

एजेन्सी,१८ भाद्र । इरानका विदेशमन्त्री मोहम्मद जावाद जरिफ सोमबार सिरिया पुग्नुभएको छ । उहाँ पूर्व घोषित कार्यक्रम बिना नै सिरियाका बिद्रोहीको कब्जामा रहेको सबैभन्दा ठूलो इदलिबका बारेमा छलफल गर्न सोमबार सिरिया भ्रमणमा जानुभएको इरानको विदेश मन्त्रालयले जनाएको छ ।

इदलिबका बारेमा सिरियाली अधिकारीहरुसँग छलफल गर्न उहाँ सिरिया पुग्नुभएको इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम घासेमीले राजधानी तेहरानमा सम्वाददाताहरुसँग बताउनुभयो ।

उहाँले इदलिबबाट सिरियाले आतङ्ककारीहरुलाई हटाउने विषयमा गरेको कार्यका लागि सिरियाली अधिकारीहरुसँग भेटवार्ता गर्नुहुनेछ । इदिलिब सिरिया, टर्की र इरानको सीमा क्षेत्रमा पर्दछ ।

त्यहाँबाट आतङ्ककारीलाई हटाउन सिरियाले पनि पछिल्लो समयमा ठूलो संख्यामा सरकारी फौज परिचालन गरेको थियो ।

त्यस विषयमा इराकी विदेशमन्त्री जरिफले सिरियाली राष्ट्रपति बसार अल–असदसँग भेटवार्ता गर्नुहुने बताइएको इरानी समाचार समिति आइएसएनएले जनाएको छ ।
उहाँको यो भ्रमण इरान, रुस र टर्कीका राष्ट्रपतिहरुको त्रिपक्षीय बैठकको पूर्वसन्ध्यामा भएको पनि जनाइएको छ ।

रुस, इरान र टर्कीका राष्ट्रपतिबीच सिरियाली द्वन्द्वको बारेमा आगामी शुक्रबार इरानको राजधानी तेहरानमा भेटवार्ता हुन लागेको छ ।
सिरियाले आफ्नो भूमिबाट आतङ्कवादीहरुलाई हटाएको घटनाको इरानले समर्थन गरेको छ ।

यसअघि इदलिबमा सिरियाली सरकारी फौज परिचालन गरेको घटनाको पनि इरानले समर्थन गरेको थियो ।

इरानी रक्षामन्त्री पनि गत हप्ता सिरियाली शहर दमासकस पुग्नुभएको थियो । सिरिया गएको सात वर्षदेखि गृहयुद्धमा छ । उसलाई इरानले आर्थिक र सैन्य सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

सम्बन्धित

जर्मन राष्ट्रपतिद्वारा नेपालमा कार्यरत सामजिक संस्थाका सञ्चालकलाई सर्वोच्च सम्मान

सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

ट्रम्प प्रशासनले रोक्यो हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना

बंगलादेशको अन्तरिम सरकार प्रमुखबाट राजीनामा दिने मुडमा मोहम्मद युनुस

अमेरिकामा आवासीय क्षेत्रमा विमान दुर्घटना

हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com