ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेलिभिजन पत्रकारको हत्या


एबीसी न्यूज

 

मेक्सिको सिटी, १५ भाद्र । मेक्सिकोको कानकुन सहरमा बुधबार एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ । सञ्चार माध्यमका लागि कुख्यात मानिएको मेक्सिकोमा सन् २०१८ को आठ महिनाभित्रै आठ जना पत्रकारको हत्या भएको छ ।

जाभियर एनरिक रोड्रिगेज भाल्लाडेर नामका ती पत्रकार क्यानल १० नामक टेलिभिजनमा क्यामेराम्यान र संवाददाताको रुपमा काम गर्दथे ।

टेलिभिजन स्टेशनले पत्रकार एनरिकको मृत्यु भएको पुष्टी गरेको जनाएको छ ।

क्वीन्टाना राज्यको सरकारले पत्रकार एनरिक सहित अर्को व्यक्तिको पनि गोली हानी हत्या गरिएको जनाएको छ । उनीहरु दुबैमाथि कानकुन नगरमा सकडमा हिँडिरहेको समयमा गोली प्रहार भएको थियो ।

कानाल १० टेलिभिजन स्टेशनले एनरिकले खासगरी दृश्य छायाँकनको काम गरेपनि कतिपय राजनीतिक विषयमा अन्तर्वार्ता लिने गरेको जनाएको छ । राज्य सरकारले पत्रकारको हत्या उनको पत्रकारिताको कार्यसँग जोडिएको प्रमाण तत्काल नपाइएको बताउँदै घटनाको बारेमा अनुसन्धान सुरु भइसकेको जनाएको छ ।

दुई महिनाको अवधिभित्रै क्वीन्टानामा मारिएका पत्रकारमा एनरिक तेस्रो हुन् । यसअघि जुलाई महिनामा प्लाया न्यूजका प्रधान सम्पादक रुबेन पाटको प्लाया डेल कार्मेनमा गोली हानी हत्या भएको थियो ।

यसै वर्ष जुन २९ मा क्वीन्टानाको दक्षिणी मायान आदिवासी गाउँमा जोसे ग्वाडालुप चानको गोली हानी हत्या गरिएको थियो । उनी पनि प्लाया न्यूज अखबरमा संवाददाताको रुपमा कार्यरत थिए ।

गत वर्ष मेक्सिकोमा ११ जना पत्रकार मारिएका थिए । विभिन्न वाकस्वतन्त्रता पक्षधर संस्थाहरुका अनुसार, सन् २००० यतामात्र मेक्सिकोमा १०० भन्दा बढी पत्रकारको हत्या भएको छ । अधिकांश यी जघन्य अपराधका दोषीमाथि कारबाही नभएको यी संस्थाहरुको भनाई छ । रासस–एएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

चीनमा बनेको पाकिस्तानी जेटले भारतीय लडाकु विमान खसालेपछि विश्वभरि रक्षा उद्योगमा चिन्ता

सम्बन्धित

ट्रम्पले भने- युक्रेनले पुटिनको प्रस्ताव मान्नुपर्छ

जेलेन्स्कीले भने: बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु

अमेरिका र चीनबीच व्यापार सम्झौता

भारत–पाकिस्तानबीच आज वार्ता हुँदै

भारत र पाकिस्तानबीच आज वार्ता

अमेरिकाले चीनसँग व्यापार सम्झौताको गर्‍यो घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com