
काठमाडौं,१४ भाद्र । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)मा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहान काठमाडौँ आइपुगेका छन । उनी २०१४ मा भारतका प्रधानमन्त्री बनेपछि यो चौथो पटक नेपाल भ्रमण हो ।
नेपाल आउनुपूर्व मोदीले बुधबार साँझ ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट वार्ताको प्रतीक्षारत रहेको उल्लेख गरेका छन् । उनले नेपालसँगका द्वीपक्षीय सम्बन्धमा प्राप्त गरेको उपलब्धीहरुको समीक्षा गर्ने समेत बताए ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट र हामीले नेपाल भारत द्विपक्षीय सम्बन्धमा प्राप्त गरेको उपलब्धि समीक्षाको प्रतीक्षामा रहेको मोदीले ट्विट गर्दै भनेका छन्, ।‘प्रधानमन्त्री ओली र मैले पशुपतिनाथ मन्दिर परिसरमा निर्माण हुने नेपाल–भारत मैत्री धर्मशालाको उदघाटन गर्ने छौँ उनले भने, त्यसैगरी उनले बिमस्टेक सम्मेलन क्रममा नेपालसहितका अन्य सदस्य राष्ट्रका नेताहरुसँग वार्ता हुने जनाएका छन् ।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग शुक्रबार द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तामा दुवै देशमा वार्तापछि रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्ग सम्भाव्यता अध्ययन र बल्क कार्गो सम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।







प्रतिक्रिया दिनुहोस्